Sunday, May 3, 2020

एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटा । फाइल तस्बिर

वैशाख २१, २०७७
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । आइतबार मात्रै १० जनामा कोरोना संक्रमण देखिएको छ ।
नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताए ।

नेपालगन्जका संक्रमितको उमेर ७ देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको जनाएको छ । त्यसैगरी आइतबारसम्मको अपडेटमा आइसोलेसनमा देशभरी ७८ जना रहेका छन् ।

काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ७३ जना रहेका छन् । क्‍वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् ।

No comments:

Post a Comment

लकडाउन खुले लगत्तै ६ लाखलाई रोजगारी दिने ओली सरकारको यस्तो छ योजना

काठमाडौ । कोरोना भाइरसका कारण वैदेशिक रोजगारमा जान नपाएका र स्वदेशमा बेरोगार रहेका ६ लाख नागरिकलाई लकडाउन लगत्तै संघीय सरकारले रोजगारी द...