Thursday, April 30, 2020

यसरी असफल भयो प्रचण्डलाई जेल हाल्ने ओलीको ‘मास्टर प्लान’


राजनीतिमा नत कोही स्थायी शत्रु हुन्छ नत कोही स्थायी मित्र नै यही उक्तिलाई चरितार्थ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै जेल हाल्ने ‘मास्टर प्लान’ बनाएका थिए । जुन सफल हुन नसक्दा यतिबेला प्रधानमन्त्री ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष पद नै धरापमा परेको छ ।
सिंगो विश्व सहित समग्र देश समेत कोरोना भाइरसको महामारी सँग जुधिरहेको समयमा प्रधानमन्त्री ओलीले ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं राजनैतिक दल विभाजन सम्बन्धि कानुनमा परिवर्तन र संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि विवादित अध्यादेश ल्याए । मन्त्रीपरिषदको बैठकबाट पारित भएको उक्त अध्यादेशको बारेमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बाहेक अन्य मन्त्री नै बेखबर थिए । सत्तारूढ नेकपालाई नै विभाजन गर्ने गरि ल्याइएको भनिएको उक्त अध्यादेशको निशाना भने अर्कै थियो, पार्टीका कार्यकारी अध्यक्षको जेल यात्रा तय गर्नु । यसैले ओलीले अध्यादेशको बिषयमा पार्टीभित्र आफू निकटसँग समेत परामर्श गर्न आवश्यक ठानेनन् । योजना लिक हुनसक्ने आशंका सहित ।


आवरणमा प्रधानमन्त्री ओलीले उपेन्द्र यादव, डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन समाजवादी पार्टी फुटाउने योजना सहित अध्यादेश ल्याइएको देखिएको भए पनि उक्त अध्यादेशको निशाना भने बहुआयामिक थियो भन्ने कुरालाई भुल्न सकिन्न । पहिलो त राजनैतिक दल विभाजन सम्बन्धि अध्यादेशको सहारामा प्रधानमन्त्री ओलीलाई विभिन्न आरोप लगाउँदै सरकार छाडेका उपेन्द्र यादवलाई उनकै पार्टी फुटाएर आफ्नो वास्तविक हैसियत देखाउन चाहान्थे । त्यसैका लागि उनले आफ्ना अति विश्वासप्राप्त सांसद र पूर्व प्रहरी प्रमुखलाई नै समाजवादी पार्टीका एक सांसदलाई साम, दाम, दण्ड भेद प्रयोग गरेर फुटको पार्टी फुटको पक्षमा ल्याउन लगाए । त्यसैको परिणाम अहिले प्रधानमन्त्रीले प्रयोग गरेका सांसद र पूर्व प्रहरी प्रमुख मात्रै होइन स्वयं प्रधानमन्त्री ओली नै विपक्षी दलका सांसद अपहरण गर्न सक्रिय भएको आरोप मात्रै लागेको छैन् । फौजदारी अभियोगमा मुद्दा दर्ता गर्ने प्रक्रियामा समेत प्रवेश गरिसकेको छ । भलै यसको अन्त्य के हो अहिलेसम्म कुनै प्रष्टता छैन् ।
यो अध्यादेशको अर्को निशाना भनेको पछिल्लो समयमा पार्टीभित्र अल्पमतमा परिरहेका प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको दबाब कम गर्न पार्टी फुटाउने अस्त्र आफ्ना विपक्षीहरूलाई देखाउन जरुरी थियो त्यसको लागि समेत यो अध्यादेश उनलाई प्रधानमन्त्री पदमा टिकाइराख्ने अस्त्रको रूपमा प्रयोग गर्ने योजनामा थिए प्रधानमन्त्री ओली । भलै उनको यो योजनाले पनि कुनै मुर्तरुप धारण गर्न पाएन ।
संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धि अध्यादेश भित्र भने प्रधानमन्त्री ओलीको खतरनाक योजना लुकेको थियो । यदि यो योजनामा प्रधानमन्त्री ओली सफल हुन्थे भने सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई जेल हाल्ने ओलीको मास्टर प्लान सफल हुने सम्भावना थियो ।
संवैधानिक परिषद सम्बन्धि अध्यादेशको जगमा प्रधानमन्त्री ओली पूर्व गृहसचिव प्रेमकुमार राईलाई अख्तियारको प्रमुख बनाएर पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई लडाकुको रकम हिनामिना गरेको अभियोगमा जेल पठाउने योजना बनिसकेको थियो । पार्टीभित्रका मुख्य प्रतिस्पर्धी प्रचण्डलाई सहजै ठेगान लगाउन सकेको अवस्थामा ओलीका लागि पार्टीभित्रका अर्का प्रस्तिस्पर्धी माधवकुमार नेपाललाई बालुवाटार जग्गा काण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई वाइडबडी जहाज खरिद काण्डको छानबिनको डर देखाएर आफूअनुकुल प्रस्तुत हुन बाध्य पार्ने खतरनाक रणनीति बुनेका थिए । त्यो पनि अध्यादेश जारी भएको ६० दिन भित्रै, प्रधानमन्त्री ओलीको यस्तो खतरनाक योजना बुझेका प्रचण्डले ओलीको पहिलो समाजवादी पार्टी फुटाउन दिने योजना नै सफल हुन नदिन रणनीति मात्रै चालेनन राजपा समाजवादी एकताको सुत्रधार नै बने प्रचण्ड त्यो सँगै पार्टी भित्रका ओली विरोधी नेताहरूको सहयोगमा दुबै अध्यादेश फिर्ता गर्न समेत बाध्य बनाए प्रधानमन्त्री ओलीलाई ।
समग्र घटनाक्रमलाई विश्लेषण गर्ने हो भने संवैधानिक परिषद सम्बन्धि अध्यादेशकै आधारमा अख्तियारको प्रमुखमा पूर्व गृहसचीव राई र अख्तियारको अर्को आयुक्तमा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको नियुक्ति पक्कापक्की थियो । पूर्व प्रहरी प्रमुखकै नाताले नेकपाका सांसद महेश बस्नेत र किशन श्रेष्ठको साथमा समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गर्न धनुषा पुगेका थिए । यसले पनि प्रष्ट पार्छ खनाल अख्तियारको आयुक्तमा नियुक्त भएका भए कसको निर्देशनमा कस्तो काम गर्थे भनेर ।
अर्कोतिर सांसद अपहरणकै आरोप लागेका ओली निकट नेकपा सांसद बस्नेत तिनै पात्र हुन् जसले तत्कालीन एमालेको भातृ संगठन युथ फोर्स प्रमुख हुँदा तत्कालीन माओवादी लडाकुका नाममा भएको तीन अर्ब भ्रष्टाचार सम्बन्धि मुद्दा अख्तियारमा दायर गरेका थिए । खनाल र बस्नेतको सांसद अपहरणमा समान हिस्सेदारी केवल संयोग मात्रै मान्न सकिन्न । अर्कोतिर पूर्व गृहसचिव राई र ओलीको निकटताको बारे त सबैलाई थाहा भएकै कुरा हो । पूर्व गृहसचीव राई र पूर्व प्रहरी प्रमुख खनालको अख्तियारमा प्रवेश भएको भए उनै सांसद बस्नेतको पूर्व लडाकु सम्बन्धि तामेलीमा राखेको फाइल खोल्दा नै प्रचण्ड सहित पूर्व माओवादी समूहका केहि प्रभावशाली नेताहरूको जेल जाने बाटो खुल्ला हुन्थ्यो, यही नै ओलीको मास्टर प्लान थियो भलै त्यो सफल हुन सकेन ।
अर्कोतिर राजनैतिक नियुक्तिको आधारमा न्यायाधीस नियुक्ति गर्ने परिपाटीका कारण सर्वोच्च अदालतमा समेत ओलीको बलियो पकड रहेको विश्वास गरिन्छ । यसैका आधारमा आइतबार मात्रै सर्वोच्च अदालतले तत्कालीन माओवादीको सशस्त्र युद्धका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आम माफी दिन नमिल्ने गरी फैसला गरेको हो कि भन्ने प्रश्न खडा भएको छ । अहिले प्रधानमन्त्री ओलीले अप्ठ्यारोमा पारिरहेका सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई ठेगान लगाउने उदेश्यसाथ यो फैसला आएको हो कि भनी आशंका गर्ने प्रसस्त ठाउँ भने दिएको छ । त्यो सँगै ओलीको चाहाना विपरीत सभामुख बनेका अग्निप्रसाद सापकोटा समेत उक्त प्रकरणमा जुनसुकै बेला तानिन सक्ने खतरा छ ।
कतै यो पनि प्रचण्ड सहित आफ्ना विरोधीको जेल यात्रा पक्का गर्ने मास्टर प्लानकै हिस्सा त हैन भन्ने आशंका भने बढेको छ । सर्वोच्च अदालतमा सरकारले ११ साउन २०७२ मा दिएको आममाफी सम्बन्धि पुनरावेदनको निवेदन आइतबार सर्वोच्चका पाँच न्यायाधीश संलग्न बृहत इजलासले खारेज गरेको हो । सर्वोच्चको यो आदेश सँगै पूर्व माओवादी समूहमा तरंग ल्याएको विश्लेषण गरिएको छ । यो समाचार Online Pana मा छ।

यो पनि पढ्नुहोस्... कुलमानको चमत्कार लकडाउनकै बीचमा चाबहिल चुच्चेपाटीमा भूमिगत प्रसारण लाइन

कुलमानको चमत्कार लकडाउनकै बीचमा चाबहिल चुच्चेपाटीमा भूमिगत प्रसारण लाइन [सम्मान स्वरूप एक सेयर गरौँ]



काठमाडौं- कोरोना भाइरसको कारणले मुलुक ठप्प भएता पनि नेपाल विद्युत् प्राधिकरणले लकडाउनकै बीचमा भूमिगत विद्युतीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिएको छ । काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले अहिले चाबहिल चुच्चेपाटी गौशला सडक खण्डमा धमाधम भूमीगत विद्युतीय प्रसारणलाइन निर्माणमा गरिरहेको छ । सडक विभागले केही समयभित्रै सडक कालोपत्रे गर्न लागेकाले पनि प्राधिकरणले तत्कालै भूमिगत प्रसारणलाइन निर्माण गर्न लागेको हो ।

काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका लेखाप्रमुख शेखरबिक्रम कार्कीले पर्याप्त सुरक्षा सतर्कता अपनाएर । लकडाउनकै बीचमा भूमिगत विद्युतीय प्रसारणलाइनको निर्माण गरिरहेको बताए । ‘सडक विभागले चाबहिल चुचेपाटी सडक केही समयभित्रै कालोपत्रे गर्ने भनेकाले हामीले लकडाउनकै अवधिमा प्रसारणलाइनको काम सक्न लागेका हौं । उनले भने, ‘यो खण्ड अबको केहीभित्रै प्रसारणलाइनको काम सम्पन्न गर्नेछौं। ’ आयोजनाले लकडाउनकै अवधिमा साढे दुई किलोमिटर क्षेत्रमा भूमिगत प्रसारणलाइन निर्माणको काम गरिरहेको छ ।

उक्त निर्माण कार्यको ठेक्का सम्झौता २०७५ चैतमा भएको थियो। सम्झौताअनुसार रत्नपार्क वितरण केन्द्रमा भूमिगत विद्युतीकरण गर्न ३० महिनाको अवधि राखिएको छ । आयोजना अन्तर्गतको ११ केभीको १३५ किलोमिटर र ४०० भोल्टको दुई सय किलोमिटर भूमिगत विद्युती यलाइन विस्तार गर्न । भ्याटसहित ८३ करोड १४ लाख लाग्ने अनुमान छ ।प्राधिकरणका अनुसार ‘होरिजेन्टल डाइमेन्सन ड्रिलिङ मेसिनको सहायताले जमिनमुनि खाल्डो खनेर बिजुलीको तार राखिनेछ।

आयोजनाका अनुसार काठमाडौंको भित्री इलाका असन, इन्द्रचोक, न्युरोडहुँदै एअरपोर्ट, चाबहिलदेखि बौद्धसम्म भूमिगत । तार विस्तार गर्न लागिएको हो काठमाडौं उपत्यका मध्य तथा उत्तर विद्युत् वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख अभिषेक अधिकारीले कोरोना भाइरसको । सं’क्रमणको कारणले भएको लकडाउनको कारणले महाराजगन्ज वितरण केन्द्रबाट गरिने भूमिगत विद्युतीय प्रसारणलाइनको निर्माणको कार्य प्रभावित भएको बताए। ‘लकडाउन भएसँगै महाराजगन्ज खण्डको काम प्रभावित भएको छ ,’ उनले भने, ‘हाम्रो नभएपनि चाबहिल चुच्चेपाटी सडक खण्डमा भने काम भइरहेको छ। ठेकेदार कम्पनीले मजदूरको जुगाड गरेर एक दुईदिनभित्रै काम सुरु गर्ने तयारी गरिरहेको छ । आयोजनाले पछिल्लो समय बुढानिलकष्ठ क्षेत्रमा भूमिगत प्रसारणलाइन निर्माणको काम सुरु गरेको थियो ।

२०७५ चैतमा ठेकेदार कम्पनी भारतीय केइआई इन्ड्रस्टिजसँग महाराजगन्ज वितरण केन्द्रमा भूमिगत विद्युत प्रसारण लाइन विस्तारको लागि एक । अर्ब एक करोड ६९ लाखरुपैयाँमा ठेक्का सम्झौता भएका थियो। ११ केभीको भूमिगत प्रसारण लाइन एक सय ५५ किलोमिटर र ४०० सय भोल्टको दुई । सय १० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत प्रसारण लाइन विस्तार गरिनेछ। दुवै आयोजना ठेक्का सम्झौताभएको ३० महिनाभित्रै निर्माण सम्पन्नगर्नुपर्ने व्यवस्था गरिएको छ । भूमिगत प्रसारण लाइनलाई सुरक्षाको लागि मात्रै नभएर विद्युत् क्षमता विस्तार गर्ने अवसरको रुपमा पनि लिनुपर्छ ।

आयोजना प्रमुख अधिकारीले भने, ‘विश्वका धेरै देशमाभूमिगत प्रसारण लाइन छ। नेपालमा भने बिल्कुलै नयाँ हो । भूमिगतविद्युत् प्रसारण लाइनविस्तारको लागि डेढदेखि दुई मिटर सडक खनेर तार राख्ने गरिन्छ । ११ केभी प्रसारण लाइनको लागि १६० एमएमको पाइप राखिनेछ। चार सयभोल्टको प्रसारण लाइनको लागि १२५ एमएमको पाइपभित्र इन्सुलेसन राखिएको बिजुलीको तार राखिन्छ। इन्जिनियरिङ प्रोक्र्योरमेन्ट कन्सट्रक्सन इपिसी मोडलमा यो काम गर्न लागिएको हो । होरिजेन्टल ड्रिलिङ प्रविधिबाट भूमिगतविद्युत् प्रसारण लाइनविस्तार गर्न लागेका हौं । उनले भने, ‘एक ठाउँमा मुसाले जस्तै दुलो पारेर अन्य ठाउँमा भित्रभित्रैबाट बिजुलीको लाइन विस्तार गरिनेछ। ’

यो पनि पढ्नुहोस्...



मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा:


तौल बढ्ने:
सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन
सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर
अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु
मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Wednesday, April 29, 2020

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन



१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

यो पनि पढ्नुहोस्... यसरी असफल भयो प्रचण्डलाई जेल हाल्ने ओलीको ‘मास्टर प्लान’

यो पनि पढ्नुहोस्...

मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा:


तौल बढ्ने:
सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन
सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर
अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु
मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Tuesday, April 28, 2020

सरकारले घरभाडा छुट गर्न आग्रह गरेपनि कार्यान्वयन भएन, काठमाडौंमा घरबेटीले जे गरे…


काठमाडौं। शङ्खमूल बस्दै आउनुभएकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिर्नुभयो । कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आउनुभएकी उहाँलाई खानै धौधौ परेको थियो । काठमाडाँैको बसाइ कठिन भएपछि उहाँ गत साता सिन्धुली जिल्ला दुधौलीस्थित घर तीन सन्तानलाई लिएर जाने तयारी गर्दै हुनुहुन्थ्यो । घरबेटीले जानुअघि चैतको भाडा नतिरी फर्किन नदिएको उहाँले बताउनुभयो ।
“घर गएपछि फर्किने हो कि होइन भनेर भाडा तिरेर मात्रै जान दिए”, सन्तानसहित घर फर्कने गाडी कुर्दै लोकन्थलीमा भेटिनुभएकी तामाङले भन्नुभयो, “एक जना दाजुसँग उधारो मागेर भाडा तिरेर घर जाँदैछु ।” गत चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले घरभाडा नलिन अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकले घरभाडा मिनाहा गर्ने घरभेटीको घर बहाल करसमेत छुटको घोषणा गरेको थियो । कोभिड–१९ का कारण प्रभावितलाई राहत दिन सरकारले सो निर्णय गरे पनि यो कार्यान्वयन भने थोरै मात्रै भएको छ । कतिपय घरबेटीले सामाजिक सञ्जालमार्फत नै आफूले भाडा नलिने उद्घोष गरिरहे पनि अधिकांश घरमा भने बहालमा बस्नेले भाडा तिरिसकेका छन् । कतिपयले अग्रिम भाडा तिर्ने गरेकाले वैशाख महिनाको समेत भाडा तिरिसकेका छन् ।

अच्चमको कुरा त सरकारी उच्च तहका कर्मचारी नै धमाधम भाडा असुल्न लागेका छन् । महिना दिनसम्म घरबाट ननिस्केका ती कर्मचारी श्रमजीवी र दैनिक ज्यालादारी मजदुरसँग भाडा लिइरहेका हुन् । ‘लकडाउन’ का समयमा नियमित काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसमेत आफूले भाडा तिरेर पनि बस्न कठिन भएको बताउँछन् । कोभिड–१९ को सङ्क्रमण फैलिने भन्दै घरबेटीले नराम्रो व्यवहार गरेको धेरैले बताएका छन् ।

आफूलाई चार पटकसम्म ताकेता गरेपछि भाडा बुझाएको नाम नबताउने सर्तमा एक सञ्चारकर्मीले बताए । अहिले भन्नासाथ कोठा खोजेर पनि नपाइने हुँदा बुझाउन बाध्य भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको समयमा भाडामा किचकिच गर्नुभन्दा चुप लागेर काम गर्नु नै ठीक हो ।” अहिले झण्डै १० प्रतिशत घरबेटीले मात्रै आफ्ना घरमा बस्नेलाई छुट दिएको पाइएको डेरावाल मञ्चका अध्यक्ष रामकृष्ण शर्माले बताउनुभयो । उहाँका अनुसार धेरै घरभेटीले आफ्नो आम्दानीको अरु स्रोत नभएको वा आफूलाई पनि गाह्रो पर्ने भन्दै छुट दिन मानेका छैनन् । सरकारले कम्तीमा ‘लकडाउन’ का कारण रोजगारी गुमाएका व्यक्तिलाई छुट दिन निर्देशन दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले मजदुर, विद्यार्थी र नियमित तलब नभएकालाई भाडा छुट गर्नुपर्छ भन्ने हाम्रो माग हो ।”
सरकारले अहिले भाडा छुटका लागि अनुरोध मात्रै गरेकाले पनि कार्यान्वयन हुन नसकेको अध्यक्ष शर्माले बताउनुभयो । सरकारले निर्देशिका नै बनाएर निर्देशन दिएर कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ । सबै बहालमा बस्ने व्यक्तिलाई छुट आवश्यक नपर्न सक्ने उहाँले बताउनुभयो । वार्षिक यतिसम्म आम्दानी भएकालाई छुट दिइने भनी निर्णय गरेर सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय उच्च ओहोदामा बस्ने र नियमित तलब आउनेलाई समस्या नपरे पनि भाडा छुट नहुँदा उपत्यकामा धेरैलाई समस्या परेको छ ।”

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सरकारले निर्णय गरे पनि स्थानीय तहलाई कार्यान्वयनका लागि निर्देशन नदिएको बताउनुभयो । अहिलेसम्म घरभेटी र बहालमा बस्ने दुईबीचको समझदारीमा नै भाडा लिने÷नलिने निर्णय भइरहेको उहाँले बताउनुभयो । यसबारेमा कार्यपालिकाबाट पनि कुनै निर्णय भएको छैन । महानगरले कसैलाई पनि भाडा लिनुहोस् वा नलिनुहोस् भन्न नमिल्ने उहाँले बताउनुभयो ।
कतिपय घरभेटी आर्थिक अवस्था न्यून भएकाले उनीहरुले भाडा मिनाहा गर्न सक्ने अवस्था नहुन सक्ने उहाँले बताउनुभयो । बहालमा बस्ने व्यक्तिसँगै घरबेटीलाई पनि मर्का पर्छ कि भनी हेर्नुपर्ने उहाँको भनाइ छ । घरभेटीले घरभाडा नलिँदा सरकारले तिनलाई के गर्ने भनी सोच्न जरुरी छ । उहाँले भन्नुभयो, “घरभेटी र बहालमा बस्ने दुवै मर्कामा पर्नु हुँदैन ।”

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले महानगरभित्र कसैले भाडा पूरै मिनाहा गरेको, कतिले केही छुट गरेको त कतिले नगरेको भन्ने जानकारी आइरहेको बताउनुभयो । कतिपय घरभेटीले बहालमा बस्नेलाई खाद्यान्न राहतसमेत दिइरहेको जानकारी आएको उहाँले बताउनुभयो । कतिपयले ऋण गरेर घर बनाएको र घरभाडाबाटै किस्ता तिर्ने हुँदा उसले भाडा पूरै मिनाहा गर्न नसकेको हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिकरुपमा विपन्नले भाडा नतिरे पनि अरुले दिइरहेको जानकारी आएको छ ।”
कतिपय घरभेटीको अरु आर्थिक स्रोत नभएकाले घर भाडाबाटै खाने गरेको प्रवक्ता महर्जनले बताउनुभयो । कतिपय घरभेटीले ऋण गरेर घर बनाएकाले भाडाबाट किस्ता तिर्नुपर्ने बाध्यता हुनसक्ने उहाँले बताउनुभयो । “जम्मा तीन कोठाको घरमा दुई कोठा प्रयोग गरेर घरभेटीले एक कोठा मात्रै भाडामा लगाएका पनि छन्”, उहाँले भन्नुभयो, “त्यही दुईतीन हजारबाट रासन खाने घरभेटी धेरै छन्, तिनका बारेमा पनि सरकारले सोच्नुपर्छ ।”

Sunday, April 26, 2020

केपी ओली नेतृत्वको सरकारले बाँढेको राहत यस्ता थिए यमुनामाई गॉंउपालिकामा


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडी सरकारी सञ्चारमाध्यमका सम्पादकहरुसँग गरेको कुराकानीमा सरकारले ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताएका थिए ।
कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिकलाई मध्येनजर गर्दै सरकराले ८० करोड बराबरको राहत वितरण गरेको उनले बताएका हुन् । तर KP नेतृत्वको सरकारले बाँढेको राहत यस्ता थिए यमुनामाई गॉंउपालिकामा।
यस्तो राहत बाँढेपछि जनता किन कोरोनाले मर्नु पर्यो र?

सामान्य गणितिय हिसाव गर्ने हो भने पनि नेपालको सालाखाला जनसंख्या ३ करोड मान्दा एक व्यक्तिले राहत स्वरुप २६ लाख ६६ हजार रुपैँया पाउनुपर्ने हुन्छ । खै त प्रधानमन्त्री ज्यू मैले त एक सुको पनि पाएको छैन मजस्ता करौडौं मानिसहरुले एक सुको पनि राहत पाएका छैनन् भने तपाइले भनेको ८० करोड कहाँ गयो ।
KP सरकारले बाँढेको गुणस्तर राहत यस्ता थिए

भलै केही विपन्न वर्गका मानिसहरुले ५ केजी चामल २ केजी नुन र केही केजी दाल भने पाएका छन् । तर सम्पूर्ण जनताले हैन त्यसमाथि के पाएका राहत गुणस्तर थिए त? त्यसोभए ८० करोड कहाँ गयो त प्रधानमन्त्री ज्यू तपाइको गणित कमजोर हो कि बोल्दा जिब्रो चिप्लिएको हो ?
सरकारले ८० करोड रुपैयाँ बराबरको बाँढेको नमुना राहत

Saturday, April 25, 2020

अब लकडाउन निश्चित क्षेत्रमा यसरी हुने


काठमाडौं। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले को’रोना भा’इरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी तीनवटा समितिको शुक्रबार बैठक बस्यो । नेपाल सरकारले ब’न्दाब’न्दी (लकडाउन) गरेदेखि पहिलो पटक भौतिक रूपमा समितिका बैठक बसेका हुन् । यसअघि अनौपचारिक रूपमा भर्चुअल बैठक बसे पनि शुक्रबार भने औपचारिक रूपमै समितिका बैठक बसेका हुन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारलाई को’रोना स’ङ्क्रमित क्षेत्र, स’ङ्क्रमण जो’खिमपूर्ण क्षेत्र, स’ङ्क्रमण नरहेको क्षेत्र वर्गीकरण गरी आंशिक र पूर्ण लकडाउन गर्न सुझाव दिएको छ । बैठकले शहरी क्षेत्र, ग्रामीण क्षेत्र, साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेतको स्थान वर्गीकरण गरी आंशिक तथा पूर्ण लकडाउन गर्ने गरी छनोट नीति अवलम्बन गर्नसमेत सुझाव दिएको हो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम 

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २० सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु  ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु  हुनेछ ।

Friday, April 24, 2020

केपी ओली भन्छन्, "मेरो असल मनसाय थियो, साथीहरूले बुझेनन्"

१२ वैशाख, काठमाडौं । सरकारले राजनीतिक दल फुटाउन खुकुलो बनाउने अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेश फिर्ता लिने प्रस्ताव राखेका थिए ।
त्यसक्रममा उनले क्याबिनेटमा स्पष्टीकरणसमेत दिएको एक मन्त्रीले जानकारी दिए । ‘कुनै दल तोडफोड गर्न होइन, मैले असल मनसायले यो ल्याएको थिएँ’ उनले भने, ‘संसदीय प्रजातन्त्रको मूल्य-मान्यतालाई बलियो बनाउन चाहेको थिएँ ।’
तर, आफ्नै पार्टीका नेताहरूले पनि विरोध गरेको र फिर्ता लिन भनेको प्रधानमन्त्रीले सुनाए । प्रतिपक्षी दलका नेतासँग कुरा गर्दा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार हो। तर, फिर्ता लिन उपयुक्त हुन्छ भनेपछि आफूले यो अध्यादेश फिर्ताको प्रस्ताव ल्याएको उनले बताए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी एकतालाई जसरी पनि जोगाउने बताए । ‘प्रधानमन्त्रीले पार्टी एकतालाई जोगाइन्छ, कुनै हालतमा फुट्न दिन्नँ र सरकारको कामलाई पनि प्रभावकारी ढंगले अगाडि बढाउँछु भन्नुभएको छ’ एक मन्त्रीले अनलाइनखबरलाई बताए ।
सरकारले गत सोमबार राजनीतिक दल फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो । तर, त्यसको नेकपाभित्र र बाहिर चौतर्फी आलोचना भएपछि ओलीले बिहीबार पार्टी नेताहरूसँग फिर्ता लिन तयार रहेको बताएका थिए ।
त्यसअनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्ने प्रस्ताव पास गरेको छ । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दुवै अध्यादेश खारेज गरेकी छिन् । यो समाचार अनलाइनखबरमा छ ।

Wednesday, April 22, 2020

प्रधानमन्त्री ज्यू तपाइले बाँढेको ८० करोड राहतमध्ये प्रत्येक नेपालीले साढे २६ लाख पाउनुपर्ने हैन र?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडी सरकारी सञ्चारमाध्यमका सम्पादकहरुसँग गरेको कुराकानीमा सरकारले ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताएका थिए ।

कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिकलाई मध्येनजर गर्दै सरकराले ८० करोड बराबरको राहत वितरण गरेको उनले बताएका हुन् ।
सामान्य गणितिय हिसाव गर्ने हो भने पनि नेपालको सालाखाला जनसंख्या ३ करोड मान्दा एक व्यक्तिले राहत स्वरुप २६ लाख ६६ हजार रुपैँया पाउनुपर्ने हुन्छ । खै त प्रधानमन्त्री ज्यू मैले त एक सुको पनि पाएको छैन मजस्ता करौडौं मानिसहरुले एक सुको पनि राहत पाएका छैनन् भने तपाइले भनेको ८० करोड कहाँ गयो ।
भलै केही विपन्न वर्गका मानिसहरुले ५ केजी चामल २ केजी नुन र केही केजी दाल भने पाएका छन् । तर सम्पूर्ण जनताले हैन त्यसोभए ८० करोड कहाँ गयो त प्रधानमन्त्री ज्यू तपाइको गणित कमजोर हो कि बोल्दा जिब्रो चिप्लिएको हो ?
Source: Online Budhanilkantha
Note: सबै सचेत नागरिकले यो पोस्ट सेयर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरौं र आफ्नो अधिकार सुरक्षा गरौं।

कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १८४,२०४ पुग्यो, २६ लाख ३७ हजार भन्दा बढी संक्रमित (अपडेट)


काठमाडौं, ११ बैशाख । चीनको वुहानबाट फैलिएको कोभिड-१९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार २०४ पुगेको छ ।
वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ लाख ३७ हजार भन्दा बढी पुगिसकेको छ, भने ७ लाख १७ हजार ६ सय २५ निको भइसकेका छन् ।


यसैबीच, ९ लाख १ हजार ८२९ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १७ लाख ३५ हजार ५८५ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ४७ हजार ६ सय ६३ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ८ लाख ४८ हजार ७३५ पुगेको छ । जसमध्ये ८४ हजार ०५० जना निको भइसकेका छन् ।


यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २५ हजार ८५ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ । यसैबीच निको हुनेको संख्या ५४ हजार ५४३ पुगेको छ ।

कोरोना संक्रमणका कारण यता स्पेनमा पनि २१ हजार ७ सय १७ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख ८ हजार ३८९ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ८५ हजार ९ सय १५ पुगेको छ ।

फ्रान्समा १ लाख ५९ हजार ८७७ जना कुल सङ्क्रमित भएका छन् भने, २१ हजार ३ सय ४० को ज्यान गएको छ । यसैबीच ४० हजार ६५७ निको भएर फर्किइएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या १८ हजार १ सय पुगेको छ, भने १ लाख ३३ हजार ४ सय ९५ जना संक्रमित छन् ।

त्यस्तै इरान, बेल्जियम, जर्मनीमा, चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । हालसम्म ७ जना निको भइसकेका छन्, भने बाँकी ३८ जना उपचाररत छन् ।

आजभोलि किन गइरहन्छ झ्याप्प-झ्याप्प बिजुली ? कारण यस्तो

काठमाडाैं, १० वैशाख । केही समयदेखि नेपालभरि झ्याप्प झ्याप्प बिजुली गइरहने र केही समयपछि आउने प्रक्रिया चलिरहेको छ । केही ठाउँमा भने घन्टौंसम्म पनि आउँदैन ।  यसले गर्दा आमनागरिकको दैनिकीमा नकारात्मक असर परिरहेको छ । लकडाउनमा घरमै बसेर काम गर्नेहरु र अत्यावश्यक सेवा दिनेहरु पनि पटक–पटक बिजुली जाँदा हैरान भएका छन्, काम प्रभावित भएको छ ।

यतिबेला मुलुक लकडाउनमा छ । देशभरका उद्योग प्रतिष्ठान, कलकारखाना, कार्यालय बन्द छन् । यस्तो बेला बत्ती नजानुपर्ने हो । तर, किन छिनछिनमा बिजुली गइरहन्छ भन्ने विषयमा धेरै अनभिज्ञ छन् । नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी प्रबल अधिकारीले बिद्युत किन गइरहन्छ भन्ने विषयमा सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी गराउनुभएकाे छ ।


उहाँले प्राधिकरणले बिजुली नपुगेर काट्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभएकाे छ । प्रवक्ता प्रवल अधिकारीले भन्नुभएको छ, ‘विद्युतको परिमाण त हामीसँग यथेष्ट छ बरु प्रतिकूल मैसमले ग्राहकको लोड विच्छेद हुँदा विद्युत गृहले पानी नै खेर फाल्नु परिरहेको छ । आखिर पानी त बिजुली नै हो नि ।’

उहाँले अहिले हुरीबतासको मौसम भएकाले चट्याङ पर्ने, असिनापानीले समेत विद्युत प्रणालीलाई असर गर्ने गरेको जानकारी दिनुभएकाे छ । उहाँले लकडाउनको समयमा सकभर कतै पनि बिजुली कटौती नहोस् भनेर कर्मचारीहरु फिल्डमै रहेको पनि जानकारी दिनुभयो ।

‘मौसमका कारण यी महिनाहरुमा विद्युत प्रणालीमा गडबड भइ सेवा प्रभावित भइरहेको कुरालाई हामी स्वीकार्छाैँ । कोरोना भाइरसको कारण आदेश गरिएकाे लकडाउनमा समेत हाम्रा प्राविधिक टोलीहरु फिल्डमा खटिरहनुभएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सकेसम्म चाँडो मर्मत सम्भार गरी सेवा सुरु गर्न प्राधिकरण हरसम्भव किसिमले प्रयत्नशील रहेको जानकारी हजुरहरुसमक्ष पुर्‍याउन पनि यो स्ट्याटस लेख्नुपरेको ब्यहोरा निवेदन गर्दछु’, प्रवक्ता अधिकारीले फेसबुक पेजमा लेख्नुभएको छ ।

Tuesday, April 21, 2020

कोरोना जितेका युवकले घर पुगेर भने – म ठीक हुन्छु भन्नेमा ढुक्क थिएँ

Image Source: Online Khabar

९ वैशाख कैलाली । स्वास्थ्यमा सामान्य समस्या आएपछि ११ चैत्रमा धनगढी स्थित सेती प्रादेशिक अस्पताल पुगेका धनगढीका ३४ बर्षका युवक अन्तत कोरोना भाइरसलाई जितेर २८ दिनपछि मंगलबार घर फर्किए ।

दुबईबाट भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका ती युवकमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भयो । कोरोनाको उपचारपछि निको भएर घर फर्किएका युवकले ठूलो आत्मविश्वासले कोरोना जितेको प्रतिक्रिया दिएका छन् ।

‘मेरो हिम्मत र विश्वासले कोरोना पराजित भएको हो,’ अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनले अनलाइनखबरलाई भने ‘डाक्टर र नर्सहरुले पनि ठूलो जोखिम मोलेर उपचार गर्नुभयो ।’
२८ दिनसम्म उनको अस्पताल बसाइ सहज भने भएन ।

‘सुरुका केही दिन त धेरै डराएँ’ उनले भने, ‘सबैतिर मरेको खबरमात्रै सुन्थेँ ।’

कोरोनाका कारण विश्वको मृत्युदरले उनलाई सबै भन्दा बढी बिक्षिप्त पार्‍यो । ‘जहाँ पनि कोरोनाकै कारण मरेको खबर आउन थाल्यो । म डराउन थाले’ उनले भने, ‘सुरुमा त केही दिन समाचारनै हेर्न सकिन । फेसबुक पनि खोलिनँ ।’

त्यसपछि आफूमा विस्तारै हिम्मत जुट्न थालेको उनले बताए । ‘पहिले डर पलायो त्यसपछि हिम्मत,’ उनले भने, ‘केहि दिन पछि त अब म मर्दिन भन्ने लाग्यो ।’

उपचार सुरु भएपछि क्रमिक रुपमा सुधार आएको र कोरोन निको हुने विश्वास बढेको उनले बताए ।

‘म ठीक हुन्छु भन्ने थियो । तर, कहिले हुन्छ भन्ने थाहा थिएन’ उनले भने, ‘म ठीक हुन्छु भन्ने मेरो विश्वासले नै मलाई ठीक बनाएको जस्तो लाग्छ । डाक्टरहरुले पनि निकै राम्रो गर्नुभयो ।’

उनलाई निको हुने आत्मविश्वास बढिरहेका बेला, उनकै भाउजुमा पनि संक्रमण पुष्टि भयो । नेपालमा उनीबाटै कोरोनाको दोस्रो चरण सुरु भएको खबर सार्वजनिक भएपछि थप चिन्तित भए ।

‘म निको हुन्छु भन्नेमा विश्वस्त थिए । त्यही बेला भाउजु बिरामी हुनुभयो मलाई थप चिन्ता बढ्यो’ उनले भने ।

कैलालीको लम्कीचुहा नगरपालिकाका २१ बर्षका युवकलाई कोरोना निको भएपछि उनी थप उत्साहित भएका थिए । ‘उनी निको भएपछि मलाई पनि ठीक हुन्छ भन्ने विश्वास बढ्यो’ उनले भने ‘उनी गएको दुई दिनमा त म पनि अस्पतालबाट डिस्चार्ज भएँ ।’

मंगलबार साँझ उनी घर पुग्दै गर्दा उनका परिवारका सदस्य, आफन्त र छिमेकी पनि घर पुगिसकेका थिए । उनी घरको छतमा र आगन्तुकहरु तलैबाट कुराकानी गर्थे । उनी आउनेहरुलाई परै रहन आग्रह गर्थे ।

‘सबैलाई परै बस्न भन्छु । म पनि परै बस्छु’ उनले भने ‘महिना दिन अस्पतालमा कष्टपूर्ण रुपले बस्नु भन्दा हप्ता दिन घरमा आनन्दले एक्लै बस्नु जाति ।’

मंगलबार उनलाई भेट्न आउनेहरुले ठूलो संकटबाट जोगिएर आएको भन्दै हर्ष व्यक्त गरेका थिए । कतिले आँशु पसिन झारे ।

आफू उपचाररत हुँदा मिडियाको भूमिका प्रति उनले खुशप् व्यक्त गरे ।

‘सुरुमा मलाई उपचारमा चासो दिएनन् । तपाईंहरुले त्यसबारे समाचार तयार गर्नुभयो । त्यसपछि केही फरक भयो’ उनले भने ।

उनी अस्पतालमा हुँदा कैलाली कञ्चनपुरका अन्य ४ जना पनि आइसोलेसनमा थिए । उनी सबैसँग रमाइला कुरा गर्थे ।

‘अस्पतालमा हामी सबैबीच कुरा हुन्थ्यो । एकले अर्कालाई आत्मबल बढाउने कुरा गर्थे’ उनले सम्झिए ।

उनी निको भएर घर फर्किदा कैलाली लम्कीचुहाकी ६५ बर्षीया बृद्धा बढी चिन्तित थिइन् । उनले भने ‘भाउजु पनि निराश हुनुहुन्थ्यो ।’
यो समाचार अनलाईन खबरमा छ।

उदयपुरमा फेरि संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ४२ पुग्यो


काठमाडौं, ९ बैशाख । उदयपुरबाट ल्याइएको नमुना परीक्षणको नतिजामा एक पछि अर्को गर्दै कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिन थालिएको छ ।

आज एकैपटक ९ जनामा देखिएको संक्रमण बढेर थप २ जनामा समेत पुष्टि हुँदा कुल ११ पुगेको छ ।

योसहित नेपालमा कारोना संक्रमितको संख्या ४२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमणको पुष्टि भएको हो ।

यस अघि आजै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

Read this for full info...

पुरुषहरु भन्दा महिलाहरु धेरै रुनुको कारण यस्तो रहेछ “जानी राख्नुहोस”


एक बच्चाले आमालाई रुदै गरेको देख्यो र बाबुलाई सोध्यो कि आमा किन रुने गर्नु हुन्छ ? बाबू ले जवाफ दियो सबै महिला बिना कारण रुने गर्छ । बच्चाले केही बुझेन र ठुलो भएपछी एकदिन भगवान लाई सोध्यो महिला रुने किन गर्छ रु तब भगवान ले जवाफ दियो कि‘। जब मैले महिलालाइ बनाउदै थिए तब मैले निर्णय लिए कि म उसैलाई खास बनाउने छु ।

मैले उस्को कन्धा मजबुत बनाए ताकी उस्ले दुनियाँदारी को बोझ उठाउन सकोस् । उस्को अंगालो लाई कोमल बनाए ताकी बच्चालाई आराम महसुस होस । मैले उसैलाई यति आत्मसक्ती दिए कि नयाँ बच्चालाई धर्तिमा जन्म दिन सकोस् । मैले उसलाई साहासी बनाए ताकी मुस्किल समयमा उनी चट्टान सरि खडा रहन सकोस् । अनि आफ्नो परिवार को ख्याल राख्न सकोस् ।
मै
उसलाई संबेदनसिल अनि बिबेकसिल बनाए ताकी उस्ले सबैलाइ सहयोग गर्न सकोस् साथै माफी दिन सकोस् । मैले उसलाई अँखामा आसु दिए ताकी उस्ले आफ्नो दुस्ख लाई कम गर्न सकोस । तेसैले महिला हरु पुरुष भन्दा धेरै अनि छिटो रुने गर्छ । सत्यता मा आधारित एक काल्पनिक बिचार सबाल पोस्ट डटकम बाट ।

यस कारण कम रुने गर्छन् केटा मान्छे दुःख, आवेग, पश्चाताप, खुशी, प्राप्ती तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ । तर पुरुष महिलाको तुलनमा निकै कम रुन्छन् । यस विषयमा लण्डनका प्रिन्स ह्यारीले दुई वर्षअघि एउटा डकुमेन्ट्रीमा उल्लेख गरेकी छन् । उनको अनुसन्धान अनुसार महिला प्रतिवर्ष कम्तिमा ३० देखि ६४ पटक रुन्छन् ।

तर, पुरुष ६ देखि १७ पटक मात्र रुने गर्छन् । मनोविज्ञ जर्जिया रायले पुरुष कम रुनुको पछाडि धेरै बलियो सामाजिक तथा मनोवैज्ञानिक पक्ष जिम्मेवार गरेको बताएकी छन् । पुरुष महिलाभन्दा कम रुनुको पछाडि प्राकृतिक र कृत्रिम दुबै कारण जोडिएका छन्,’ उनले भनेकी छन्, ‘पुरुषको संवेग आउने प्रोल्याक्टिन हर्मोन महिलाको भन्दा अत्यन्त कम हुन्छ ।

त्यस कारण यो शरीरको हर्मोनसँग सम्बन्धित छ । यसमा सांस्कृतिक कारण पनि छ । समाजले एकतर्फी रुपमा पुरुषबाट राख्ने अपेक्षाले पुरुषको संवेगात्मक आँसुलाई निरुन्ताहित गर्छ । परिबर्तन खबर डटकम बाट ।

अब मोबाईलमा ब्यालेन्स नभएकाले पनि सित्तैमा फोन गर्न र इन्टरनेट चलाउन पाउने


मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ ।

आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ । यस्ता ग्राहकको विवरण संकलन भैरहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो। ‘भोलीदेखि नै यो सेवा लागू हुनेगरी तयारी गरेका छौँ । लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस भन्ने हाम्रो चाहना हो’अधिकारीले भन्नुभयो । टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ । यो समाचार उज्यालो अनलाईनमा छ ।

यो पनि पढ्नुहोस
नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले दुई आकर्षक योजनाहरु ल्याएको छ । योजना अनुसार विश्वका १५ देशमा प्रतिमिनेट २ रुपैयाँ ४९ पैसामा कुराकानी गर्न सकिने छ भने, १ महिनाको लागि ४ डिजिटल सेवाहरु निःशुल्क उपलब्ध गराउने भएको छ ।

यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् ।

ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन् । यो योजना १ महिनाको लागि मान्य रहनेछ । नयाँ वर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क गरेको छ । अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ ।

यसैगरी यस नयाँ वर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क दिने भएको छ । उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

उदयपुरमा फेरि ८ जनामा कोरोना संक्रमणको आशंका, थप परीक्षणका लागि धरान पठाइयो


काठमाडौँ, ९ वैशाख । उदयुपरमा फेरि एकैपटक ८ जनामा कोरोना भाइरस अर्थात् काेभिड-१९ संक्रमण भएको शंकास्पद नतिजा देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालले जनाएको छ ।

कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको तर थप परीक्षणबाट पुष्टि गर्नका लागि ती नमूनाहरू धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।


‘अवस्थ गम्भीर देखियो, केहीको पीसीआर परीक्षण पनि पोजेटिभ देखिएको छ, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले न्यूज २४ लाई बताए, ‘पहिला १२ जनामा एकै पटक देखिँदा पनि यस्तै अवस्था आएको थियो ।’

अवस्था गम्भीर भएकाले प्रभावित क्षेत्रमा सेनालाई सक्रिय बनाएर थपको परीक्षण गरिने तयारी सरकारले गरेको पनि मन्त्रालयका ती अधिकारीले न्यूज २४ लाई बताए । आज थप देखिएका आशंकितमा पुष्टि भए भुल्केको ठूलो क्षेत्रमा परीक्षण गर्नुपर्ने अवस्था आउने पनि नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए ।


यसअघि ५ वैशाख गते पनि उदयपुरको भुल्केमै रहेको एक मस्जिदमा १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यहाँ भारतबाट आएका भारतीयसँगै नेपाली गरी १६ जना बसेकोमा १२ जनामा पोजेटिभ देखिएको थियो ।

दक्षिणपूर्व एशियाली देशहरू कोरोनाभाइरसको बिरूद्ध संघर्ष गरिरहेका छन्

Coronavirus Map

केही दक्षिणपूर्व एशियाली देशहरूले कोरोनाभाइरसलाई रोक्नको लागि गम्भीर कदम चालेका छ जबसम्म उनीहरूको आफ्नै संख्यामा तीब्र गतिमा आरोहण सुरु हुँदैन। यस क्षेत्रको सबैभन्दा जनसंख्या भएको देशको रूपमा इन्डोनेसिया प्रमुख चिन्ताको विषय हो, तर सबै चुनौतीहरूको सामना गर्दछन्। उनीहरूको व्यापक परीक्षण गर्नको सीमित क्षमताको मतलब आधिकारिक कोरोनाभाइरस गणना संभवतः अवास्तविक रूपमा कम छ।

दक्षिणपूर्व एशियाको कोरोनाभाइरसको अवस्थालाई हेर्नुहोस, सोमबारसम्म पुष्टि भएका घटनाहरू, मृत्यु र रिकभरीका साथः

सिंगापुर: ८०१४ केस, ११ मृत्यु, ८०१ रिकभरी
---
इंडोनेशिया: ६७६० केस, ५९० मृत्यु, ७४७ रिकवरी
सरकारले पहिलो केस मार्च २ सम्म पुष्टि गरेन, तर इन्डोनेसियामा अब चीनबाहेक कुनै पनि एसियाली देशको COVID-१९ मा सबैभन्दा बढी मृत्यु भएको छ।
---
फिलिपिन्स: ६४५९ केस, ४२८ मृत्यु, ६१३ रिकवरी
---
मलेशिया: ५४२५ केस, ८९ मृत्यु, ३२९५ रिकवरी
---
थाईलैंड: २८११ केस, ४८ मृत्यु, २१०८ रिकवरी
---
भियतनाम: २६८ केस, ० मृत्यु, २१६ रिकवरी
---
अन्य:
अरु चार दक्षिणपूर्व एशियाली देशहरू - ब्रूनेई, कम्बोडिया, म्यानमार र लाओस - प्रत्येकमा कोरोनाभाइरसको १५० भन्दा कम पुष्टि भएका घटनाहरू छन्।

Monday, April 20, 2020

डोनाल्ड ट्रम्प भन्छन् कि उनी अमेरिकामा कोरोनाभाइरससँग लड्नका लागि सबै आप्रवासन स्थगित गर्नेछन्


डोनाल्ड ट्रम्पले घोषणा गरे कि उनी संयुक्त राज्य अमेरिकामा सबै आप्रवासमाथि प्रतिबन्ध लगाउन अस्थायी आदेशमा हस्ताक्षर गर्ने छन् कोरोनाभाइरसको माहामारी ।


अमेरिकी राष्ट्रपतिले यो कदम ट्वीटरमा खुलाए र दावी गरे कि उनले राष्ट्रपतिको कार्यकारी शक्ति अमेरिकाको सीमाना बन्द गर्न प्रयोग गर्नेछन्।


श्री ट्रम्पले ट्वीट गर्नुभयो: "अदृश्य शत्रुबाट हुने आक्रमणको साथै हाम्रो महान अमेरिकी नागरिकहरूको जागिर जोगाउने आवश्यकताको आधारमा म संयुक्त राज्यमा अध्यागमनलाई अस्थायी रूपमा निलम्बन गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु!"


अमेरिकी राष्ट्रपतिले अध्यागमन नीतिहरू के आदेशले असर गर्न सक्छ भन्ने बारे कुनै जानकारी प्रदान गरेन। ह्वाइट हाउसले यस घोषणाको बारेमा तुरून्त विस्तृत गरेन।


श्री ट्रम्पले अमेरिका र चीनबाट कडा पीडित युरोपेली देशहरूमा आफ्नो यात्रा प्रतिबन्धको श्रेय लिएका छन र यसले यु एसमा भाइरसको फैलावटलाई ढिला बनाउन योगदान पुर्‍याएको तर्क दिए।


यद्यपि उनले अन्य प्रतिबन्ध लगाउने अन्य राष्ट्रहरूमा पनि प्रतिबन्ध विस्तार गर्न सकेका छैनन्। महामारीको कारण, आप्रवासी भिसा लगायत राज्य विभाग द्वारा प्राय: सबै भिसा प्रक्रिया हप्ताको लागि स्थगित गरिएको छ। ७९०,००० भन्दा बढी अमेरिकीहरू कोभिड -१९ मा संक्रमित भएका छन् र ४२,००० भन्दा बढीको मृत्यु भइसकेको छ।
यो कदमले प्रभावकारी रूपमा श्री ट्रम्पको आप्रवासन रोकथामको दीर्घकालीन नीति लक्ष्य प्राप्त गर्दछ, स्वास्थ्य र आर्थिक स of्कटको उपयोग गरी यसले महामारीको परिणामस्वरूप देशलाई बगाएको छ।
यस निर्णयले डेमोक्र्याटहरूबाट तुरुन्त निन्दा गरे।
"हाम्रो देश महामारीको बिरूद्ध लडिरहेको छ, जब श्रमिकहरूले आफ्नो जीवन लाइनमा राखेका छन्, राष्ट्रपतिले आप्रवासीमाथि हमला गर्छन् र आफ्नै असफलताको लागि अरूलाई दोष दिन्छन्", प्रजातान्त्रिक राष्ट्रपति पदका पूर्व उम्मेद्वार एमी क्लोबुचरले ट्वीटमा भने।
"तपाईंले अध्यागमन छोड्नुभयो, तपाईंले हाम्रो राष्ट्रको पहिले नै कमजोर अर्थव्यवस्थालाई छाउनुभयो," पूर्व डेमोक्र्याटिक राष्ट्रपति पदका उम्मेद्वार जुलियन कास्ट्रोले ट्वीटमा भनेका थिए। "कस्तो गूंगा चाल हो।"

[Original Source: The Telegraph]

यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर, कुन देशमा कति संक्रमित, कतिको मृत्यु ? (तालिका)


काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को महामारीको केन्द्रबिन्दू बनेको यूरोपमा देशहरुमा अहिले कोरोनाको प्रभाव निरन्तर घट्दै गएको छ ।
चीनको वुहान शहर लगत्तै महामारीको केन्द्रबिन्दू बनेका यूरोपमा इटली र स्पेन सहित धेरै देशमा कोरोनाको प्रभाव घटेको हो ।
पछिल्लो २४ घण्टामा स्पेनमा ३३९, इटली ४५४ फ्रान्स ५४७, जर्मनी २२०, यूके ४४९, बेल्जियम १२५, जनाको ज्यान गएको छ। यो मृत्युदर अघिल्लो दिनको तुलनामा केही कम ।
यस्तै, संयुक्त राज्य अमेरिकामा भने कोरोनाको महामारी झन् बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १९३९ जना संक्रमितको ज्यान गएको छ। र, २८ हजार १ सय २३ नयाँ संक्रमित थपिएका छन् ।
सोमबार अमेरिकामा १५३९ जनाको ज्यान गएको थियो ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसबाट ७ लाख ९२ हजार ७ सय ५९ जना मानिस संक्रमित भएका छन् । जसमध्ये ४२ हजार ५ सय १४ जना संक्रमितले ज्यान गुमाएका छन् ।
७२ हजार ३ सय ८९ संक्रमित उपचारपछि घर फर्किएका छन् ।
विश्वभर कोरोनाको महामारीबाट २४ लाख ८० हजार ५ सय ३ जना मानिस संक्रमित भएका छन् । संक्रमित मध्ये ६ लाख ४६ हजार ३ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने १ लाख ७० हजार ३ सय ९७ संक्रमितको ज्यान गएको छ।


तालिकामा हेर्नुहोस् कुन देशमा कति संक्रमित कतिको मृत्यु


Latest data of most affected countries [Worldometer: Coronavirus Updates]

Read more...

दुई कालाकारको सहयोग: पलले खुवाए खाना, आँचलले दिइन् राहत

हालै बैवाहिक जीवनमा बाँधिएकी नायिका आँचल शर्मा निकै विवादित बनेकी थिइन् । विवाहमा लगाएको महंगो लेहेङ्गा र गर-गहनाका कारण उनी धेरै विवादित बनेकी थिइन् ।

उक्त खर्च पछि फाल्तु खर्च नगरेर समाज सेवाको काम गर्न उनलाई धेरैले सुझाब दिइरहेका थिए । अहिले आँचलले समाज सेवाको लागि पनि हात अगाडि बढाएकी छिन् ।

आँचल र उनको श्रीमान उदीप श्रेष्ठले एक सय विपन्न परिवारलाई सहयोग गरेका छन् । लकडाउनका कारण समस्यामा परेका परिवारलाई आँचल र उदीपले राहत वितरण गरेका हुन् ।

आँचलले क्षेत्रपाटी क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेको बताइन् । आपतको समयमा सकेको सहयोग गर्नुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनको भनाई छ ।


त्यस्तै, नायक पल शाहले सोमबार साँखुमा रहेको एक आश्रमा पुगेर त्यहाँ रहेका अनाथलाई खाना खुवाएका छन् । द्वन्द्व पिडित तथा अपाङ्ग सेवामा रहेका ५५ अनाथलाई उनले खाना खुवाएका हुन् ।

पलले भने, ‘त्यहाँ २ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरु हुनुहुँदो रहेछ । उहाँहरुलाई हमीले खाना खुवायौँ । साथै केही चामल र तरकारीहरु पनि सहयोग गरेका छौँ ।’

हामीले ८० करोडको राहत बाँडिसकेका छौं, त्यो नाटक मञ्चन हो र ? - प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताएका छन् । कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिकलाई मध्येनजर गर्दै सरकराले ८० करोड बराबरको राहत वितरण गरेकाे बताएका हुन् । उनले सोमबार पत्रकारहरुसँग कोरोनाको बारेमा कुराकानी गर्दै सरकारले देशभर साे रकमकाे राहत वितरण गरिसकेकाे बताएका हुन् । सरकारले सबै नागरिकसमक्ष राहत वितरण पुगाएको उनको भनाइ छ । ‘हामीले सबैसमक्ष राहत पुर्याएका छौं, हामीले राहतमा तलमाथि गरेका छैनौं, यसका लागि सरकार पूर्ण रुपले लागि रहेको छ,’उनले भने ।
कोरोना भाइरसको समयमा नागरिकलाई समस्या हुन नदिनका लागि विभिन्न ठाउँमा खरिद केन्द्र स्थापना गर्ने, इन्डक्सन चुलोलाई बढी जोड दिने र वस्तुको खरिद मूल्य बढ्न नदिने उनको भनाइ छ । उनले यो समयमा ६/७ लाख मानिस उपत्यका बाहिर गएकोले र ग्याँसको खपत घटेकोले ग्यासको समस्या पनि नहुने बताए । ‘दैनिक उपभोग्य वस्तुमा कमि हुन दिन छैनौं, यो समय बाली भित्र्याउने समय भएकोल विकट क्षेत्रमा पनि खाद्यान्न अभाव हुने अवस्था छैन, कुनै पनि वस्तुको अभाव हुँदैन,’ उनले भने ।

कोरोनाभाइरस: पाँच महिना पछि, वैज्ञानिकहरू कोविड-१९ को बारेमा के जान्दछन्


चिकित्सा अनुसन्धानकर्ताहरूले कोविड -१९ को बारेमा सकेजति सबै कुरा अध्ययन गरिरहेका छन्। उनीहरूले के सिकेका छन् - र के यसले महामारी रोक्न पर्याप्त छ?
कोरोनाभाइरसले लामो समय देखि विश्वका मानिसहरुमा प्राणघातक समस्याहरु समेत ल्याएको छ। धेरै संस्करणहरूले सामान्य चिसो ट्रिगर गर्नका लागि परिचित छन् र हालसालै दुई प्रकारका घातक बिरामीहरूको प्रकोप शुरू भएको छ: गम्भिर तीव्र श्वसन सिन्ड्रोम (सारस) र मध्य पूर्व श्वसन सिन्ड्रोम (Mers)।
तर तिनीहरूको प्रभाव कोरोभाइरसद्वारा जारी विश्वव्यापी विध्वंसको तुलनामा हल्का गरिएको छ जुन कोविड-१९ महामारीको कारण हो। केवल केही महिनामा यसले सयौं राष्ट्रहरूमा लकडाउन शुरू गर्यो र १६५,००० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ र रोग फैलिन जारी छ।

अर्कोतर्फ, कोविड -१९ को कारण रहेको भाइरस Sars-CoV-२ को बारेमा हाम्रो ज्ञान पनि उल्लेखनीय छ। यो पाँच महिना अघि विज्ञानमा अज्ञात थियो। आज यो व्यापक पैमानेमा अध्ययनको विषय बनेको छ। खोप प्रोजेक्टहरू विस्तार, एन्टिवाइरल औषधि परीक्षणहरू शुरू गरिएको छ र नयाँ डायग्नोस्टिक परीक्षणहरू देखा पर्दैछन्।
त्यसैले प्रश्नहरू सीधा छन्: विगत महिनामा हामीले के सिकेका छौं र त्यो ज्ञानले यस महामारीलाई कसरी अन्त्य गर्न सक्छ?

यो कहाँबाट आयो र यसले मानवलाई कसरी संक्रमित गर्‍यो?

Sars-CoV-2 भाइरस लगभग निश्चित रूपमा चमेरोमा उत्पत्ति भएको हुनसक्छ, जुन भाइरसको लागि प्रतिरोधात्मक प्रतिक्रियाहरू विकसित भएको छ, अन्वेषकहरूले पत्ता लगाएका छन्। यी प्रतिरक्षाले भाइरसहरूलाई छिटो प्रतिलिपि गर्न ड्राइभ गर्दछ ताकि उनीहरूले चमेरोको प्रतिरक्षा क्षमतालाई हराउन सक्दछन्। बदलमा, यसले चमेरोलाई द्रुत रूपमा प्रजनन र अत्यधिक ट्रान्समिस्सिबल भाइरसको भण्डारमा रूपान्तरण गर्दछ। त्यसोभए जब यी चमेरोहरुको भाइरसहरू अन्य स्तनपायी जन्तुहरूमा जान्छन्, जुन द्रुत प्रतिक्रिया प्रतिरक्षा प्रणालीको अभाव हुन्छ, भाइरसहरू छिटो नयाँ होस्टहरूमा फैलियो। धेरै प्रमाणहरूले सुझाव दिन्छ कि Sars-CoV-2 ले मध्यस्थ प्रजातिहरू, जस्तै पंगोलिनहरू मार्फत मानिसहरूलाई संक्रमित गर्न शुरू गर्‍यो।


“यो भाइरस सायद चमेरोबाट अर्को जनावरमा हामफाले र त्यो अर्को जनावर सम्भवतः बजारमा मानिसकै नजिक भएको हुनसक्छ,” सिड्नी विश्वविद्यालयका भाइरोलोजिष्ट प्रोफेसर एडवर्ड होम्स भन्छन्। "र यसैले यदि वन्यजीव पशुमा भाइरस छ भने यो ब्याटबाट उठेको छ र हामी यससँग कुराकानी गरिरहेका छौं, त्यहाँ राम्रो सम्भावना छ कि भाइरस जनावरलाई सम्हाल्ने व्यक्तिको लागि फैलिनेछ। त्यसोभए त्यो व्यक्ति घर जानेछ र अरू कसैलाई यो फैलाउँनेछ र हामीमा ठूलो प्रकोप छ। ”

सिड्नी विश्वविद्यालयका भाइरोलोजिष्ट प्रोफेसर एडवर्ड होम्स भन्छन्,“यो भाइरस सायद ब्याटबाट अर्को जनावरमा संक्रमित भएको हुन सक्छ र यो अर्को जनावर सम्भवतः बजारमा मानिसकै नजिक भएको हुनसक्छ।” "र यसैले यदि वन्यजीव पशुमा भाइरस छ भने यो ब्याटबाट उठेको छ र हामी यससँग कुराकानी गरिरहेका छौं, त्यहाँ राम्रो सम्भावना छ कि भाइरस जनावरलाई सम्हाल्ने व्यक्तिको लागि फैलिनेछ। त्यसोभए त्यो व्यक्ति घर जानेछ र अरू कसैलाई यो फैलाउँनेछ र हामीमा ठूलो प्रकोप छ। ”
सिडनी विश्वविद्यालयका भाइरोलोजिष्ट प्रोफेसर एडवर्ड होम्स भन्छन्‌, “यो भाइरस सायद ब्याटबाट अर्को जनावरमा सरेको छ र यो अर्को जनावर शायद मान्छेको नजिकै भएको हुन सक्छ बजारमा। "र यसैले यदि वन्यजीव पशुमा भाइरस छ भने यो चमेरोबाट सरेको छ र भाइरस जनावरलाई सम्हाल्ने व्यक्तिमा फैलिने राम्रो सम्भावना देखिन्छ। त्यसोभए त्यो व्यक्ति घर जानेछ र अरू कसैलाई यो फैलाउँनेछ र सम्पूर्ण मानव ठूलो प्रकोप फैलिनेछ। ”
सार्स-कोभ -२ को प्रसारणको रूपमा, तब हुन्छ जब भाइरस सहित पानीको थोपा टुसाई संक्रमण भएका व्यक्तिले खोकी वा छिचकीमा निकाल्छ।



भाइरस कसरी फैलिन्छ र यसले मानिसहरूलाई कसरी असर गर्छ?
भाइरसले ग्रस्त कणहरू अरूहरू द्वारा साँस लिन्छन् र घाँटी र स्वरयन्त्र कोर्ने कोषहरूको सम्पर्कमा आउँदछन्। यी कक्षहरूमा ठूलो संख्यामा रिसेप्टर्सहरू छन् - जसलाई Ace-2 रिसेप्टर्स भनिन्छ - उनीहरूको सतहहरूमा। (सेल रिसेप्टर्सले रसायनहरू कोषहरूमा जान र कोषहरूको बीचमा संकेत दिनको लागि महत्त्वपूर्ण भूमिका खेल्छ।) “यो भाइरसको सतह प्रोटीन हुन्छ जुन त्यस रिसेप्टरमा ताल्चा लगाउन र यसको आरएनए कोषमा चिप्लन लगाउँछ,”नटिंघम विश्वविद्यालयको विषाणविद् प्रोफेसर जोनाथन बल भन्छन्।
एकपटक भित्र, त्यो आरएनए आफै कोषको आफ्नै प्रतिकृति मेसिनरीमा सम्मिलित गर्दछ र भाइरसको बहु प्रतिलिपि बनाउँदछ। यी कोष बाहिर फुटेर, र संक्रमण फैलन्छ। शरीरको प्रतिरक्षा प्रणाली द्वारा उत्पन्न एन्टिबडीहरूले अन्ततः भाइरसलाई लक्षित गर्छ र प्रायः जसो केसहरूमा यसको प्रगति रोकिन्छ।

"कोविड - १९ संक्रमण सामान्यतया हल्का हुन्छ, र त्यो वास्तवमा भाइरसको सफलताको रहस्य हो," प्रोफेसर जोनाथन बल थप्छन्। "धेरै व्यक्तिहरूले थाहा पनि पाउँदैनन् कि उनीहरूलाई एउटा संक्रमण लागेको छ र त्यसैले उनीहरूको काम, घरहरू र सुपरमार्केटहरू अरूलाई संक्रमित गर्दै जान्छन्।"
यसको विपरीत, सारस - जुन एक कोरोनाभाइरसको कारणले पनि हुन्छ - बिरामीहरुलाई धेरै बिरामी बनाउँदछ र संक्रमित मध्ये १० मध्ये एक मध्येको हत्या गर्दछ। धेरै जसो केसहरूमा, यी बिरामीहरूलाई अस्पतालमा भर्ती गरिन्छ र यसले उनीहरूलाई अरूलाई संक्रमण गर्नबाट रोक्छ - ट्रान्समिशन चेन काटेर। Milder Covid-19 ले भने यो मुद्दा लाई बेवास्ता गर्दछ।

भाइरस किन कहिलेकाँही मृत्युको कारण हुन्छ?

कहिलेकाँही, तथापि, भाइरसले गम्भीर समस्याहरू निम्त्याउन सक्छ। यो तब हुन्छ जब यसले श्वासप्रश्वासको मार्गलाई तल सार्दछ र फोक्सोलाई संक्रमित गर्दछ, जुन Ace-2 रिसेप्टर्सको साथ सेलहरूमा अझ धनी हुन्छन्। यिनीहरूमध्ये धेरै कोषहरू नष्ट भइसकेका छन् र फोक्सो भाँचिएको सेलको टुक्राहरूद्वारा भीड हुन्छ। यी अवस्थाहरूमा, बिरामीहरूलाई गहन सेवामा उपचारको आवश्यक पर्दछ।

अझ खराब कुरा, केहि अवस्थाहरूमा, एक व्यक्तिको प्रतिरक्षा प्रणाली ओभरड्राइभमा जान्छ, भाइरसलाई आक्रमण गर्न फेफुलाहरूमा कोशिकाहरूलाई आकर्षित गर्दछ, जसको परिणामस्वरूप सूजन हुन्छ। यो प्रक्रिया नियन्त्रण भन्दा बाहिर चलान गर्न सक्दछ, अधिक प्रतिरक्षा कोषहरू खसालिन्छ, र जटिलता बढ्दछ। यो साइटोकाईन आँधी हो भनेर चिनिन्छ। (ग्रीकमा, "साइटो" को अर्थ सेल हुन्छ र "किनो" भनेको आन्दोलन हो।) केहि केसहरूमा यसले बिरामीलाई मार्न सक्छ।
केवल किन साइकोकीन आँधीबेहरी केही बिरामीहरूमा हुन्छ तर विशाल बहुमतमा हुँदैन। एउटा सम्भावना यो छ कि कोही मानिसहरूसँग Ace-2 रिसेप्टर्सको संस्करणहरू छन् जुन कोरोनाभाइरसबाट आक्रमणबाट थोरै मानिसहरू भन्दा बढी आक्रमणको सिकार हुन्छन्।

यदि हामी संक्रमित भयौं भने के हामी जीवनको लागि सुरक्षित छौं?
कोविड -१९ संक्रमणबाट फर्केका बिरामीहरूलाई डाक्टरहरूले जाँच गरिरहेका छन् र उनीहरूको रगतमा इन्टर्बडीज तटस्थ पार्ने उच्च स्तरहरू भेट्टाउँछन्। यी एन्टिबडीहरू प्रतिरक्षा प्रणाली द्वारा बनेका हुन्छन्, र तिनीहरू विशेष बिन्दुहरूमा आक्रमणकारी भाइरसको कोट गर्दछन् जसले कोशिकामा छिर्ने क्षमतालाई अवरुद्ध गर्दछ।
"यो कुरा स्पष्ट छ कि संक्रमित व्यक्तिहरूमा कोभिड -१९ को बिरूद्ध प्रतिरक्षा प्रतिरोधात्मक क्षमताहरू स्थापित भइरहेको छ," इम्पीरियल कलेज लन्डनका भाइरोलाइस्ट माइक स्किनर भन्छन्। "र त्यस प्रतिक्रियाले सिर्जना गरेको एन्टिबडीहरूले भविष्यमा संक्रमणको विरूद्ध संरक्षण प्रदान गर्दछ - तर हामीले ध्यान दिनुपर्दछ कि यो सुरक्षा जीवनका लागि हुन सक्ने सम्भावना छैन।"

यसको सट्टा, धेरै भाइरस विज्ञहरू विश्वास गर्छन् कि कोभिड - १९ बिरूद्ध प्रतिरोधात्मक क्षमता एक वा दुई बर्ष मात्र रहनेछ। स्किनर भन्छिन्, “यो मानव संक्रमित अन्य कोरोनाभाइरसहरूको अनुरूप छ। “यसको मतलब अधिकांश मानिसहरु अन्ततः भाइरसको चपेटामा परे पनि, यो अझै पनी सामान्य हुने सम्भावना छ - जसको अर्थ हो कि हामी यस रोगको संक्रमणको मौसमी चुचुरोहरू देख्दछौं। हामी कोविड १९ को सम्बन्धमा स्थिर अवस्थामा पुग्नेछौं। ”
भाइरस हामीसँग छोटो समयको लागि रहनेछ। तर के यसले यसको भाइरलेस (घातकता) बदल्न सक्छ? केही अनुसन्धानकर्ताहरूले यो कम घातक हुन सक्ने सल्लाह दिएका छन्। अरूहरू तर्क गर्छन् कि यो अधिक घातक बन्नसक्छ। स्किनर संदिग्ध छ। "हामीले भाइरसको अवस्थाबाट यो महामारीलाई विचार गर्न थाल्यौं," उनी भन्छन्। "यो धेरै राम्रो संसारमा फैलदै छ। यो ठीक गर्दैछ। परिवर्तनले कुनै फाइदा गर्दैन। "
अन्तमा, यो एक प्रभावकारी खोपको विकास र रोल आउट आउट हुनेछ जसले हामीलाई कोविड १ of को खतराबाट मुक्त गर्नेछ, स्किनर भन्छिन्।


हामीले कहिले खोप पाउने छौं? 

अप्रिलमा जर्नल नेचरले रिपोर्ट गरे कि ७८ खोप प्रोजेक्टहरू विश्वभर सुरू भइसकेका थिए - जसमा अझै ३७ वटा विकासमा रहेको छ। निर्माणाधीन आयोजनाहरूमध्ये एउटा खोप कार्यक्रम हो जुन अहिले अक्सफोर्ड युनिभर्सिटीमा चरण १ एक परीक्षणमा छ, दुई जना अमेरिकी जैव प्रौद्योगिकी संस्थानमा र तीन जना चिनियाँ वैज्ञानिक समूहमा छन्। धेरै अन्य खोप विकासकर्ताहरूले भने कि उनीहरू यस बर्ष मानव परीक्षण सुरु गर्ने योजनामा ​​छन्।

यस उल्लेखनीय प्रतिक्रियाले आशा व्यक्त गर्छ कि कोभिड - १९ खोप पर्याप्त छोटो समयमा विकसित गर्न सकिन्छ। यद्यपि, खोपहरूलाई ठूलो मात्रामा सुरक्षा र प्रभावकारिता अध्ययन आवश्यक हुन्छ। हजारौं मानिसहरूले या त स्वयं खोप वा एक प्लेसबो प्राप्त गर्नेछन् यदि यो निर्धारित गर्न पहिले यो भाइरसबाट संक्रमण रोक्नको लागि प्रभावकारी थियो कि तिनीहरू आफैले स्वाभाविक रूपमा सामना गरेका थिए। त्यो, अनिवार्य रूपमा, एक लामो प्रक्रिया हो।
नतिजाको रूपमा, केही वैज्ञानिकहरूले प्रक्रियालाई छिटो गर्ने एउटा तरिका प्रस्ताव गरेका छन् - जानबूझेर भाइरसहरूको खोपको प्रभावकारिता निर्धारण गर्न स्वयंसेवकहरूलाई पर्दाफास गरेर। रूटर्स युनिभर्सिटीका बायोएथिक्सका प्राध्यापक नीर इयल भन्छन्, “यो दृष्टिकोण जोखिमविनाको होइन तर धेरै महिनामा उम्मेद्वार खोप परीक्षणको प्रक्रिया द्रुत तुल्याउन सक्ने सम्भावना रहेको छ।
स्वयम्सेवकहरू जवान र स्वस्थ हुनुपर्थ्यो, उनी जोड दिन्छन्: “तिनीहरूको स्वास्थ्यको पनि नजिकबाट निगरानी गरिन्छ र तिनीहरूसँग सघन देखभाल र कुनै औषधी उपलब्ध हुने थियो।” नतिजा एक खोप हुन सक्छ जसले मानक चरण तीन परीक्षणहरूको माध्यमबाट गएको भन्दा कम समयमा प्रयोगको लागि तयार भएर लाखौंको ज्यान बचाउँदछ।
तर जानाजानी मानिसहरूलाई संक्रमित गर्नु - विशेष स्वयंसेवामा जसलाई परीक्षणको भागको रूपमा प्लेसबो खोप दिइन्छ - विवादास्पद हो। ब्रिस्टल युनिभर्सिटीका प्राध्यापक एडम फिन भन्छन्, “यो कुरा धेरै होशियारीका साथ सोच्नुपर्दछ। "युवा व्यक्ति यस्तो परीक्षामा सामेल हुन अवसरमा उफ्रिन्छ तर यो भाइरस हो जसले अनौठो युवालाई मार्दछ। हामीलाई थाहा छैन किन। यद्यपि चरण three परीक्षणहरू अझै केही टाढा छन्, त्यसैले विचारलाई ध्यानपूर्वक विचार गर्न हामीसँग समय छ। ”

Like our Facebook Page

Sunday, April 19, 2020

तेह्रथुमका ६ जनाको आरडीटी रिपोर्टमा कोरोना पोजिटिभ देखियो


तेह्रथुममा र्या‍पिड डायग्नो’स्टिक टेस्ट (आरडीटी) गरिएका  ६ जनाको कोरोना भाइरसको रिपोर्ट पोजिटिभ देखिएको छ। आरडी’टी रिपोर्ट पोजिटिभ देखिएका सबै मेन्छ्यायेम गाउँपालिका’का हुन्।

दुई दिनको अन्तराल’मा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिनेको संख्या बढेको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादव’बहादुर खापुङले बताए।

काठमाडौंबाट गाउँ फर्किए’का एक युवास’हित पाँचजनामा आरडीटी पोजिटिभ देखिएको मो’राहाङ स्वास्थ्य चौकीका इन्चार्ज पंकज यादवले जानकारी दिए।

आरडीटी पोजेटिभ देखिएका’मध्ये दुईजना गाउँ’पालिकाले निर्माण गरेको आइ’सोलेसन र चार जनालाई जिल्ला अस्प’तालको आइसोलेसनमा राखिएको जिल्ला अस्पतालका डा. आनन्द देवले जानकारी दिए।

उनीहरुको स्वाब परीक्षणको लागि कोसी अस्पताल विराट’नगरमा पठाउने तयारी भइरहेको अस्पता’लले जनाएको छ। यो खबर अन्नपुर्ण पोस्टमा छ ।

हाम्रो फेसबूक पेजलाई लाईक गर्नुहोला :

Fourth COVID-19 Patient Recovered from Nepal

Breaking : Another COVID-19 Patient from Nepal, a 21 years old male from Seti Zonal Hospital, Dhangadi has recovered well and tested negative for COVID-19 in recent test. He is being discharged from the hospital. Total number of recovered cases has reached to 4 and there are 27 active COVID-19 cases as of now in Nepal. 
[Source: MoHP Media briefing]

Two COVID-19 patients discharged

Two female coronavirus patients — one 19-year-old and another 65-year-old — who had been undergoing treatment at different hospitals, were discharged on Saturday after they tested negative twice.
A screenshot of the second person who has recovered from COVID-19 and was discharged from Teku-based Sukraraj Tropical and Infectious Disease Hospital, in Kathmandu, on Saturday, April 18, 2020. Image: Ministry of Health and Population

लकडाउन खुले लगत्तै ६ लाखलाई रोजगारी दिने ओली सरकारको यस्तो छ योजना

काठमाडौ । कोरोना भाइरसका कारण वैदेशिक रोजगारमा जान नपाएका र स्वदेशमा बेरोगार रहेका ६ लाख नागरिकलाई लकडाउन लगत्तै संघीय सरकारले रोजगारी द...