Saturday, May 9, 2020

लकडाउन खुले लगत्तै ६ लाखलाई रोजगारी दिने ओली सरकारको यस्तो छ योजना


काठमाडौ । कोरोना भाइरसका कारण वैदेशिक रोजगारमा जान नपाएका र स्वदेशमा बेरोगार रहेका ६ लाख नागरिकलाई लकडाउन लगत्तै संघीय सरकारले रोजगारी दिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारलाई सुचिकृत गरि १०० दिन बराबरको रोजगारी दिनेगरी गृहकार्य अघि बढाइएको हो । ‘वैदेशिक रोजगारमा जान नपाएका, विदामा आएका, मुलुकभित्र काम नपाई रोजगार केन्द्रमा सूचीकृत भएका सबैलाई समेटेर प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाउनेगरी तीव्र रुपमा तयारी बढाएको छौं,’ श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए ।
उनका अनुसार वैदेशिक रोजगारमा जान नपाएकाहरुको आर्थिक अवस्था मूल्यांकन गरेर मात्रै रोजगारी दिइनेछ । त्यसको जिम्मा स्थानीय तहले पाउनेछन । प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयका अनुसार हालसम्म १३ लाख नेपाली वेरोजगार रहेको भन्दै सरकारसँग रोजगारी माग्दै सुचिकृत भएका छन् । त्यसमध्ये यसवर्ष ५ लाखलाई काममा खटाउने सरकारको तयारी छ । वैदेशिक रोजगारमा जान नपाएका र विदामा आएका करिब १ लाखलाई समेत रोजगारी दिने सरकारको तयारी रहेको मन्त्रालयका अधिकारीहरुले बताए ।
‘सूचीकृत भएजतिका काममा आउछ भन्ने छैन्, त्यसैले ६ लाखलाई रोजगारी दिनेगरी तयारी अघि बढेको छ,’ प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने मन्त्रालयका उपसचिव डा। लोकनाथ भुसालले बताए । उनका अनुसार वैदेशिक रोजगारमा जान नपाएका तर प्रधानमन्त्री रोजगार कार्यक्रममा यसअघि सुचिकृत नभएकालाई सरकारले मौका दिनेगरी गृहकार्य गरिरहेको छ । सुचिकृत हुनका लागि म्यादथपबारे सरकारले एक हप्ताभित्रै निर्णय लिन लागेको उनको भनाई छ ।

Monday, May 4, 2020

अमेरिकामा कोरोनाको औषधि भेटियो, परीक्षण गरेको औसधिले बिरामी निको हुन् थालेपछि सर्वत्र खुशीयाली छायो


वासिङ्टन –– अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औ’षधि निकै प्र’भावकारी रहेको बताएका छन् । विश्वभर सं’क्रमितको संख्या बढ्दै गएको र आर्थिक वि’श्रृंख’लता नि’म्त्याए’को कोरोनाभाइरसको औ’षधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुशीयाली छाएको छ । औ’षधिको परीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको स’कारात्मक असर वा’लस्ट्रि’ट सहित विश्वको शेयर बजारमा देखिएको छ । अमेरिकामा एक दशकयताकै सबैभन्दा ख’राब आर्थिक स्थिति देखिए पनि वा’लस्ट्रि’टमा सका’रात्मक प्रभाव देखिएको छ । अर्कातर्फ जर्मनीको पनि दोस्रो वि’श्वयु’द्ध पछि पहिलोपटक अ’र्थव्यव’स्था सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।


कोरोनाभाइरसका कारण विश्वभर २ लाख २८ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । यहीबीच कोरोनाभाइरस महामारी फैलिएपछि पहिलोपटक विश्व स्वास्थ्य संगठनको आ’पतका’लीन समितिको बैठक पनि यही बिहीबार बस्दैछ ।
रेमडेसिभर नामको औ’षधिको क्लिनिकल परीक्षणले मानिसको निको हुने दर करिब ३० प्रतिशतले बढेको देखाएको छ । हालसम्म यो औ’षधि नै नयाँ कोरोनाभाइरसको उपचारमा सबैभन्दा सफल मानिएको छ ।
अमेरिकी इ’पि’डि’मियोलो’जिस्ट डा ए’न्थोनी फ’चीले संवाददाताहरुसँग रे’मडे’सिभर औ’षधिको प्र’भाव र असर निकै उत्साहप्रद रहेको बताउनुभयो । यो औ’षधि इ’बोला भाइरसका बिरामीका लागि भने असफल देखिएको थियो ।यही औ’षधि चीनको उहानका बिरामीमा परीक्षण गर्दा पनि त्यति सफल मानिएको थिएन । विश्व स्वास्थ्य संगठनका वरिष्ट अधिकृत माइकल रायनले पछिल्लो नतिजाका बारेमा प्रतिक्रिया दिन अस्वीकार गर्नुभयो । उहाँले परीक्षणको विस्तृत विवरण प्राप्त नहुँदासम्म आफूले यस बारेमा टिप्पणी नगर्ने बताउनुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको कार्यशैलीमाथि प्रश्न उठाउँदै निरन्तर आ’लोचना गरिरहनु भएको छ । धेरै विज्ञहरुले अमेरिकामा भाइरसको प्र’सार रोक्न राष्ट्रपति ट्रम्प असफल भएपछि मानिसको ध्यान अन्यत्र मो’ड्न विश्व स्वास्थ्य संगठनमाथि आ’रोप लगाएको बताएका छन् ।
पछिल्ला विवरण अनुसार विश्वभर कोरोनाभाइरसबाट ३२ लाख ३२ हजार मानिस संक्रमित भएका छन् भने २ लाख २८ हजारभन्दा बढीको निधन भएको छ ।
कोरोना असरः अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले खुम्चिने अनुमान
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको संयुक्तराज्य अमेरिकाको चालू आर्थिक वर्षको दोस्रो चौमासिक (अप्रिलदेखि जुन महिनासम्म) मा ३० प्रतिशतको हाराहारीमा अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ । अमेरिकी केन्द्रीय बैंकको स्रोतलाई उद्धृत गर्दै वासिङ्टन पोस्टमा प्रकाशित एक विश्लेषणमा कोरोनाभइरसको संक्रमण नियन्त्रण गर्नेक्रममा देशव्यापी लकडाउन र पेशा व्यवसाय बन्द रहेका कारण अर्थतन्त्रमा असर परेको उल्लेख छ ।
कोरोनाभाइरसका कारण सन् १९३० को दशकयताकै यो सबैभन्दा ठूलो संकुचन हो । यो संकुचनलाई ठीक ठाउँमा ल्याउन वर्षौं लाग्ने अनुमान गरिएको छ ।
जनवरीदेखि मार्च महिनासम्मको अवधिमा अमेरिकी अर्थतन्त्र झण्डै ४.८ प्रतिशतले घटेको छ । अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम एच पावेलले कोरोनाभाइरसका कारण धेरै अमेरिकी घरभित्रै रहनु पर्ने भएकाले अमेरिकाको अर्थतन्त्र दोस्रो चौमासिकमा अरु खराब अवस्थामा पुग्ने संकेत गर्नु भएको छ ।
दुई करोड ६० लाखभन्दा बढी अमेरिकीले यसअघि नै रोजगारी गुमाइसकेका छन् भने बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या हरेक दिन बढ्दै गएको छ । बिहीबार बेरोजगारी भत्ताका लागि आवेदन दिनेको नयाँ विवरण पनि सार्वजनिक हुँदैछ ।
पावेलले हालको आर्थिक संकटमा सुधार ल्याउन समय लाग्ने बताउँदै अर्थतन्त्रलाई सही मार्गमा ल्याउन कंग्रेस र केन्द्रीय बैंकले पर्याप्त कार्य गर्न नसके अर्थतन्त्रमा निकै जोखिमपूर्ण दिर्घकालीन असर पर्ने जानकारी दिनुभयो ।
अमेरिकाका धेरै पेशा व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् । ग्राहक र आम्दानीको अभावमा हप्तौं टिक्न यी व्यवसायलाई कठिन छ, र आर्थिक मद्दत बेगर यिनीहरु बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछन् । विश्लेषकहरुको भनाईमा दोस्रो चौमासिकमा अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले घट्नेछ ।
नोबेल पुरस्कार विजयी अर्थशास्त्री पल रोमर सबै अमेरिकी नागरिकको कोरोनाभाइरस परीक्षण गर्न अमेरिकी प्रशासनले १०० अर्ब डलर खर्च गर्नु पर्ने बताउनुहुन्छ । हालसम्म करिब २ प्रतिशत नागरिकको मात्र परीक्षण गरिएको छ । रोमरले भन्नुभयो, “यो समस्या सुल्झाउन सकिन्छ, र यसका लागि १०० अर्ब डलर खर्चिनु पर्छ । यो कार्य त्यति कठिन होइन ।”

Sunday, May 3, 2020

घरभाडा मिनाहाबारे थप निर्णय: यस्ता घरधनीले लकडाउन अवधिभर भाडा माग्न नपाउने


सरकारले घर भाडा मिनाहाबारे थप निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत, करछुट तथा सुविधा स्वीकृत गर्दै घर बहाल छुट बारे थप स्पस्ट पारेको हो  । 
जस अनुसार सम्बन्धित घरधनीले लकडाउनका कारण रोजगारी वा काम गुमाएका असंगठित श्रमिकसँग लकडाउन अवधिभर घरभाडा माग गर्न नपाउने भएका छन् । साथै निजहरुले आम्दानी गरेपश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णय समेत सरकारले गरेको छ ।
घरभाडा छुट गरेका घर मालिकलाई सो महिनाको घरबाहल कर र त्यसबाट हुने आय कर छुट गर्ने निर्णय यसअघि नै सरकारले गरिसकेको छ । सो अनुसार घर भाडा मिनाहा भए-नभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । 

यो पनि पढ्नुहोस्...
घरभाडा फ्रि: होइन, राम्रोसंग बुझौं, अर्थमन्त्रीले भनेको यस्तो हो

लकडाउनका समयमा घरभाडामा बस्ने सबैको भाडा घरध’नीले नलिने भनेर सरकारले निर्णय गरेको भन्ने विषयमा अर्थमन्त्री युवराज खतिवडाले फेरी स्पष्ट पारेका छन् । खतिव’डाले श्रमिक वर्गका लागि मात्र यस्तो आग्रह गरिएको बताएका छन् । शहरी क्षेत्रमा रहे’का असंगठित श्रमिकहरुका हकमा मात्र सरका’रले यस्तो निर्णय गरेको बताएका छन् ।
पैसा हुने, तिर्न सक्ने र आम्दानीको नि’यमित श्रोत भएकाहरुका लागि भने यस्तो नियम लागू नभए’को पनि अर्थमन्त्रीले बताए’का छन् ।असंगठित श्रमिक क्षेत्रमा काम गर्नेहरुलाई लकडाउ अवधिभर घरवाट ननिकाल्न र भाडा नमाग्न भनिएको उनको भनाई छ ।
उनले कम्तिमा एक महिना’का लागि घर भाडा छुट दिन आग्रह गरिएको बताएका छन् । उनले पछि श्रम क्षेत्र खुलिसकेप’छि र आम्दानी गर्न सक्ने बातावरण भएपछि त्यसलाई पुर्ती गर्ने गरी सहयोग गर्न आग्रह गरिएको बताएका छन् ।
काठमाडौं महान’गरपालिका मेयर विद्या’सुन्दर शाक्य संघ सरकारले गरेको अनुरोधलाई घरबेटीहरुले स्वीकार्ने विश्वास व्यक्त गर्छन् । सामान्य मान’वीय धर्ममा आधारित भएर समस्यामा परेका वर्गलाई शहरी क्षत्रेका घरबेटीले कोठाभाडामा सहुलियत दिनुपर्ने उनको भनाइ छ ।
सरकारले अनु’रोध मात्रै गर्ने निर्णय गरेको भन्दै उनले यो कार्यान्वयन भए नभएको हेर्न सकिने अवस्था भने नभए’को बताए । सरका’रले मिनाहा दिएको भाडामा लाग्ने घरबहाल कर नलिने निर्णय पनि गरेको उल्लेख गर्दै शाक्यले त्यसमा आफूहरुको पनि समर्थन रहेको बताए ।
घरबहाल करको अधिकार संवै’धानिक व्यवस्था अनुसार स्थानीय तहलाई छ । संविधानले घरबहाल करलाई स्थानीय तहको अधिकारसूची’भित्र सूचीकृत गरेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन सम्बन्ध’मा व्यवस्था गर्न बनेको ऐन–२०७४ले पनि घरबहाल करको संकलनको अधिकार स्थानीय तहलाई दिएको छ ।
यसैवीच, कतिपय डेरावाल’हरु संक’टको वीचमा पनि अत्यावश्यक काममा निस्केर घरमा फर्कँदा घरबेटीले विरोध गर्ने गरेको र लकडाउनका बेला घरमा नबस्न दबाव दिने गरेका सूचना’हरु आउन थालेका छन् । भाडामा लिएको कार्यालयभित्रै बसेर काम गर्न पनि घरबेटी’बाट अवरोध हुने गरेको कतिपयको गुनासो छ ।

NTC brings e-Shiksha Pack for teachers and students amid the lockdown


Nepal Telecom brings e-SHIKSHA PACK with extra-large data in all 2G/3G/4G networks. The e-SHIKSHA PACK is available for teachers as well as students so that schools and colleges can conduct their classes online. Now, let’s take a look at the offerings.

e-SHIKSHA PACK

  • 6GB data: 3GB (all time) + 3GB (5:00am-10:00am) at Rs.260
  • 15GB data: 9GB (all time) + 6GB (5:00am-10:00am) at Rs.500
The package is valid for up to 28 days only and only eligible users can subscribe to the e-Shiksha pack.
For subscription, schools and colleges can e-mail the numbers of service users to edupack@ntc.net.np. Afterward, Nepal Telecom will send back SMSs to referred numbers, i.e. the eligible ones, asking for the subscription of one of the two available packs. Users can then dial *1441# for any of the subscription.
A majority of educational institutions in Nepal are running online classes amid the ongoing lockdown. However, teachers and students with no internet facility aren’t able to attend lectures. Thus, the e-SHIKSHA PACK could at least help the ones from such who reside in areas with good NT network connectivity at a reasonable cost.
You can visit www.ntc.net.np for further information.

कान्तिपुर टिभीमा नयाँ काण्ड: समाचारमा ‘आम्मामा ३ अर्बमा कति खायो होला?'



कान्तिपुर टिभीमा आज एउटा रमाईलो किसिमको काण्ड भयो ! काण्डले बजार तताई रहने नेपाली सामाजिक संजलामा एउटा नयाँ किसिमको दुर्लभ काण्ड जन्मिएको छ ! खास कुरो चै के भयो भने आज बिहान कान्तिपुर टेलिभिजनमा समाचार बज्दै थियो ! समाचारमा १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ सकिएको ५ महिना बिती सक्दा पनि लकडाउनको बहानामा कति खर्च भयो भन्ने कुरा सार्वजनिक नगरिएको बारे एउटा रिपोर्ट बज्दै थियो !
प्राविधिकले रिपोर्ट बजाउन थालेपछि समाचार वाचिकाको माईक अफ हुन पर्थ्यो ! तर आज भूलवस त्यो बन्द भएनछ ! रिपोर्टमा सरकारले राष्ट्रिय खेलकुद परिषद्लाई साग आयोजनाको लागी ३ अर्ब ६४ करोड दिएको प्रसंग बजिरहेको थियो ! तर त्यसैबेला समाचार वाचिका रुबिना थापाले सधै झैँ आज पनि माईक बन्द भयो होला भनेर आफ्नै तालमा बोलिन् !
३ अर्ब ६४ करोड सरकारले दिएको तर हिसाब सार्वजनिक नभएको सुनेपछि उनलाई अचम्म लागेछ र उनले ‘ आम्मामा ३ अर्बमा कति खायो होला?’ भनी फ्याट्टै बोलिहालिन ! माईक अफ नभएकोले उनले बोलेको कुरा समाचार हेरिरहेका दर्शकले सुनिहाले ! त्यहि समाचार युटुबमा पनि लाईभ भईरहेको थियो ! अपरान्ह तिर कुरा फैलिए पछी कान्तिपुर ले उक्त भिडियो प्राइभेट गरेर अरुले हेर्न नमिल्ने बनाएको छ !
पहिला यँहा क्लिक गरेर त्यो भिडियो हेर्न सकिन्थ्यो ! तर अहिले भिडियो प्राईभेट गरिएका कारण तल फोटोमा देखाईएको जस्तै Video unavailable This video is private. भनेर देखाउंछ !

भिडियो डिलिट नगरी प्राईभेट मात्र गरिएको हुनाले अब ईडीट गरेर पब्लिक हुन पनि सक्छ ! किनकि अहिले भिडियो अपलोड गरिसके पछी पनि केहि मिस्टेक भएको भए भिडियोको केहि भाग हटाउन सकिने गरि युटुब मै ईडिट पनि गर्न सकिन्छ !  केहि गरि भिडियो पब्लिक भयो भने यँहा क्लिक गरेर तपाईले त्यो भिडियो कान्तिपुर कै युटुब पेजमा हेर्न पनि सक्नुहुनेछ !
अब तपाई पक्का पनि त्यो भिडियो हेर्न निकै उत्सुक हुनुहुन्छ ! तपाई चिन्ता नगर्नुस, कान्तिपुरले हेर्न नमिल्ने बनाए पनि उक्त भिडियो कान्तिपुरले प्राइभेट गर्नु भन्दा पहिला नै धेरैले डाउनलोड गरेर पुनः अपलोड भईरहेको छ ! तपाई पनि तल राखिएको त्यो भिडियो हेरेर हास्नुस अनि एक शेयर गरिदिनुस है त !

एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटा । फाइल तस्बिर

वैशाख २१, २०७७
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । आइतबार मात्रै १० जनामा कोरोना संक्रमण देखिएको छ ।
नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताए ।

नेपालगन्जका संक्रमितको उमेर ७ देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको जनाएको छ । त्यसैगरी आइतबारसम्मको अपडेटमा आइसोलेसनमा देशभरी ७८ जना रहेका छन् ।

काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ७३ जना रहेका छन् । क्‍वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् ।

लकडाउन खुले लगत्तै ६ लाखलाई रोजगारी दिने ओली सरकारको यस्तो छ योजना

काठमाडौ । कोरोना भाइरसका कारण वैदेशिक रोजगारमा जान नपाएका र स्वदेशमा बेरोगार रहेका ६ लाख नागरिकलाई लकडाउन लगत्तै संघीय सरकारले रोजगारी द...