कान्तिपुर टिभीमा आज एउटा रमाईलो किसिमको काण्ड भयो ! काण्डले बजार तताई रहने नेपाली सामाजिक संजलामा एउटा नयाँ किसिमको दुर्लभ काण्ड जन्मिएको छ ! खास कुरो चै के भयो भने आज बिहान कान्तिपुर टेलिभिजनमा समाचार बज्दै थियो ! समाचारमा १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ सकिएको ५ महिना बिती सक्दा पनि लकडाउनको बहानामा कति खर्च भयो भन्ने कुरा सार्वजनिक नगरिएको बारे एउटा रिपोर्ट बज्दै थियो !
प्राविधिकले रिपोर्ट बजाउन थालेपछि समाचार वाचिकाको माईक अफ हुन पर्थ्यो ! तर आज भूलवस त्यो बन्द भएनछ ! रिपोर्टमा सरकारले राष्ट्रिय खेलकुद परिषद्लाई साग आयोजनाको लागी ३ अर्ब ६४ करोड दिएको प्रसंग बजिरहेको थियो ! तर त्यसैबेला समाचार वाचिका रुबिना थापाले सधै झैँ आज पनि माईक बन्द भयो होला भनेर आफ्नै तालमा बोलिन् !
३ अर्ब ६४ करोड सरकारले दिएको तर हिसाब सार्वजनिक नभएको सुनेपछि उनलाई अचम्म लागेछ र उनले ‘ आम्मामा ३ अर्बमा कति खायो होला?’ भनी फ्याट्टै बोलिहालिन ! माईक अफ नभएकोले उनले बोलेको कुरा समाचार हेरिरहेका दर्शकले सुनिहाले ! त्यहि समाचार युटुबमा पनि लाईभ भईरहेको थियो ! अपरान्ह तिर कुरा फैलिए पछी कान्तिपुर ले उक्त भिडियो प्राइभेट गरेर अरुले हेर्न नमिल्ने बनाएको छ !
पहिला यँहा क्लिक गरेर त्यो भिडियो हेर्न सकिन्थ्यो ! तर अहिले भिडियो प्राईभेट गरिएका कारण तल फोटोमा देखाईएको जस्तै Video unavailable This video is private. भनेर देखाउंछ !
भिडियो डिलिट नगरी प्राईभेट मात्र गरिएको हुनाले अब ईडीट गरेर पब्लिक हुन पनि सक्छ ! किनकि अहिले भिडियो अपलोड गरिसके पछी पनि केहि मिस्टेक भएको भए भिडियोको केहि भाग हटाउन सकिने गरि युटुब मै ईडिट पनि गर्न सकिन्छ ! केहि गरि भिडियो पब्लिक भयो भने यँहा क्लिक गरेर तपाईले त्यो भिडियो कान्तिपुर कै युटुब पेजमा हेर्न पनि सक्नुहुनेछ !
अब तपाई पक्का पनि त्यो भिडियो हेर्न निकै उत्सुक हुनुहुन्छ ! तपाई चिन्ता नगर्नुस, कान्तिपुरले हेर्न नमिल्ने बनाए पनि उक्त भिडियो कान्तिपुरले प्राइभेट गर्नु भन्दा पहिला नै धेरैले डाउनलोड गरेर पुनः अपलोड भईरहेको छ ! तपाई पनि तल राखिएको त्यो भिडियो हेरेर हास्नुस अनि एक शेयर गरिदिनुस है त !



No comments:
Post a Comment