Vibes Nepal News ! Click the link to read more... news nepal, Nepali news, health news, health news in nepal, news articles, Nepal, Nepali songs, coronavirus, comedy champion, funny memes, funny jokes, himalaya tv, ap1 tv, ap1 live, travel, travel nepal, voice of nepal , nepal idol, nepali song, bbc news, bbc nepal, online news, onlinekhabar, online
▼
Tuesday, April 21, 2020
अब मोबाईलमा ब्यालेन्स नभएकाले पनि सित्तैमा फोन गर्न र इन्टरनेट चलाउन पाउने
मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ ।
आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ । यस्ता ग्राहकको विवरण संकलन भैरहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो। ‘भोलीदेखि नै यो सेवा लागू हुनेगरी तयारी गरेका छौँ । लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस भन्ने हाम्रो चाहना हो’अधिकारीले भन्नुभयो । टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ । यो समाचार उज्यालो अनलाईनमा छ ।
यो पनि पढ्नुहोस
नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले दुई आकर्षक योजनाहरु ल्याएको छ । योजना अनुसार विश्वका १५ देशमा प्रतिमिनेट २ रुपैयाँ ४९ पैसामा कुराकानी गर्न सकिने छ भने, १ महिनाको लागि ४ डिजिटल सेवाहरु निःशुल्क उपलब्ध गराउने भएको छ ।
यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् ।
ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन् । यो योजना १ महिनाको लागि मान्य रहनेछ । नयाँ वर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क गरेको छ । अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ ।
यसैगरी यस नयाँ वर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क दिने भएको छ । उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

No comments:
Post a Comment