Monday, April 20, 2020

हामीले ८० करोडको राहत बाँडिसकेका छौं, त्यो नाटक मञ्चन हो र ? - प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताएका छन् । कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिकलाई मध्येनजर गर्दै सरकराले ८० करोड बराबरको राहत वितरण गरेकाे बताएका हुन् । उनले सोमबार पत्रकारहरुसँग कोरोनाको बारेमा कुराकानी गर्दै सरकारले देशभर साे रकमकाे राहत वितरण गरिसकेकाे बताएका हुन् । सरकारले सबै नागरिकसमक्ष राहत वितरण पुगाएको उनको भनाइ छ । ‘हामीले सबैसमक्ष राहत पुर्याएका छौं, हामीले राहतमा तलमाथि गरेका छैनौं, यसका लागि सरकार पूर्ण रुपले लागि रहेको छ,’उनले भने ।
कोरोना भाइरसको समयमा नागरिकलाई समस्या हुन नदिनका लागि विभिन्न ठाउँमा खरिद केन्द्र स्थापना गर्ने, इन्डक्सन चुलोलाई बढी जोड दिने र वस्तुको खरिद मूल्य बढ्न नदिने उनको भनाइ छ । उनले यो समयमा ६/७ लाख मानिस उपत्यका बाहिर गएकोले र ग्याँसको खपत घटेकोले ग्यासको समस्या पनि नहुने बताए । ‘दैनिक उपभोग्य वस्तुमा कमि हुन दिन छैनौं, यो समय बाली भित्र्याउने समय भएकोल विकट क्षेत्रमा पनि खाद्यान्न अभाव हुने अवस्था छैन, कुनै पनि वस्तुको अभाव हुँदैन,’ उनले भने ।

2 comments:

  1. Timro baulee 80 karotki rahat badeko theyo mugi khate randiko bhan jantaa kina gau gayo ani kina jut voleko aba jantaa mileraa desh jantaako hatmaa hune chaa yad rakhnu yasto neta nepalmaa kukurlae jasto pitau hunu paryp

    ReplyDelete
    Replies
    1. 80 karotle yo belamaa sabailae baetra pani 1 barsa saamaa khana pugcha

      Delete